बाल श्रमविरुद्ध प्रभात फेरि कार्यक्रम
धनुषा । २०८१ जेठ ३१ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित मधेस प्रदेश स्तरीय बाल अधिकार सचेतना समूह र मिथिला नगरपालिकाका बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले ०८१ जेठ ३० गते बिहान प्रभातफेरी कार्यक्रम सम्पन्न गरेकाे छ ।
“Let’s act on our commitment: End Child lobour !” भन्ने मुल नाराका साथ बाल श्रमविरूद्वकाे प्रभातफेरी कार्यक्रम मिथिला नगरपालिका-६ स्थित महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गनबाट प्रारम्भ गरी ढल्केबर चाेक हुँदै पुनः विद्यालयमा पुगी उक्त प्रभातफेरी कार्यक्रम सम्पन्न भएकाे थियाे ।
उत्त कार्यक्रममा मधेस प्रदेश स्तरिय बाल अधिकार सचेतना समूहका अध्यक्ष सन्देश साहले बाल श्रम दिवसको अवसरमा यस मिथिला नगरपालिकाका बालबालिकालाई हाेटल र घरायसी कामकाजमा नलगाई बालबालिकाहरूलाई शिक्षाकाे लागि प्रेरित गर्नु पर्दछ बताउनु भयाे ।
कार्यक्रममा संरक्षण शिक्षक नीर प्रसाद शर्माले इन्सेकले बालबालिकाहरूकाे अधिकारकाे समरक्षण, सम्बर्द्धन र सुनिश्चतताका लागि गर्दै आएकाे जनचेतनामूलक कार्यहरू प्रशंसनीय रहेको बताउनु भयाे ।
कार्यक्रममा महेन्द्र माध्यमिक विद्यालयका बाल अधिकार सचेतना समूहका अध्यक्ष आन्नद कुमार महताे, लक्ष्मी प्रसाद यादव, मधेस प्रदेश स्तरीय बाल अधिकार सचेतना समूहका अध्यक्ष सन्देश साह, रञ्जना सिंह, अभिषेक ठाकुर, इन्सेक धनुषा जिल्ला सहजकर्ता शिवजी परियारलगायतकाे उपस्थिति रहेको थियो ।
सन्तोषकुमार यादव