भ्रष्टाचार बिरूद्धको दिवसमा हस्ताक्षर सङ्कलन
सल्यान । २०७८ मङ्सिर २४ गते
अन्तराष्ट्रिय भ्रष्टाचार बिरूद्धको दिवसको सन्दर्भमा सल्यानमा हस्ताक्षर सङ्कलन कार्यक्रम गरिएको छ । इन्सेक लगायत जिल्लामा कृयाशिल विभिन्न संघ संस्थाको आयोजनामा भएको उक्त कार्यक्रममा म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न र भ्रष्टाचार गरेको सहन्न भन्ने ब्यानरमा सबैले प्रतिबद्धता जनाउदै हस्ताक्षर गरेका थिए । प्रमुख जिल्ला अधिकारी, समन्वय समितिका उप प्रमुख, स्थानिय तहका प्रमुख तथा सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिती रहेको कार्यक्रममा हरेक निकायमा भ्रष्टाचार न्यूनीकरण गर्न सुशासन र पारदर्शिता हुनु पर्नेमा सहभागीहरूले जोड दिएका थिए ।
भ्रष्टाचार न्यूनीकरण गर्न आफैबाट शुरूवात गर्नु पर्ने भन्दै सहभागीहरूले हरेक तहमा खबरदारी गरी रहन आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा स्थानीय जन प्रतिनिधि, कर्मचारी, संघ संस्थाका प्रतिनिधि तथा पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण इन्सेक प्रतिनिधि मिना बुढाथोकीले गर्नु भएको थियो भने इन्सेक इएलपी परियोजना सहजकर्ता रामचन्द्र रेग्मीले कार्यक्रमबारे जानकारी दिनु भएको थियो ।
मिना बुढाथोकी