महिला दिवसको सन्दर्भमा हस्ताक्षर सङ्कलन कार्यक्रम सम्पन्न

बाँके । २०७७ फागुन २३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजना तथा मानव अधिकार सहायता कक्ष, सिसु  र डिसिएको सहयोगमा  १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा “महिला सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको  आधार” भन्ने नाराका साथ नेपालगञ्जमा फागुन २३ गते हस्ताक्षर सङ्कलन कार्यक्रम सम्पन्न भएको छ । नेपालगञ्ज उपमनपाकी उपमेयर उमा थापाले हस्ताक्षर गरी कार्यक्रमको शुभारम्भ गर्दै महिला विरूद्ध हुने हिंसा न्यूनिकरणमा सबैको साथ आवस्यक रहेको बताउनु भयो । यसैगरी जिल्ला प्रशासन कार्यालयका सहायक जिल्ला अधिकारी दिर्घराज उपाध्याय, राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख झङकरबहादुर रावल, राष्ट्रिय अपाङ्ग महासंघका महासचिव भावुकजंग थापा लगायतले व्यानरमा हस्ताक्षर गर्नु भएको थियो ।

यसैगरी, कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यका अनुसार जिल्ला समन्वय समिति कपिलवस्तुको आयोजना, जिल्लाका १० वटै स्थानीय तहको सह आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतका सङ्घ संस्थाहरूको आयोजनामा १११ औं अन्तराष्ट्रिय महिला दिवस सन्दर्भमा फागुन २३ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेश सांसद रिना नेपालले नारी दिवसमा मात्रै महिला अधिकारको कुरा सिमित राख्न नहुने बताउनु भयो । उहाँले महिलाहरूलाई सीप मुलक तथा आय आर्जनका लागि विभिन्न तालिमहरू दिए पनि उनीहरूलाई आत्मनिर्भर बनाउन नसकेको भन्दै नतिजामुखी तालिम अवस्यक रहेको बताउनु भयो । जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले महिला हिंसालाई  कसरी रोक्न सकिन्छ भन्ने विषयमा स्थानिय तहले निती तथा कार्यक्रम बनाएर अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो । जब सम्म महिलाको विकास हुँदैन तबसम्म कुनै पनि विकास हुन नसक्ने बताउँदै हिंसालाई रोक्न सबै एक जुट हुनुपर्नेमा जोड दिनु भयो ।

इन्सेक, लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज