महेन्द्र माविमा बालअधिकार समूह परिचालनको लागि कोष हस्तान्तरण

कास्की । २०८० असोज १७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय मार्फत माछापुच्छ्रे गाउँपालिकाको महेन्द्र माध्यामिक विद्यालयमा २०८० असोज १४ गते बालअधिकार समूह परिचालनको लागि कोष हस्तान्तरण सम्पन्न गरिएको छ । विद्यालयका प्रधानाध्यापक जगनाथ अधिकारी, संरक्षक शिक्षक नवराज अधिकारी, बाल अधिकार समूहका अध्यक्ष सृष्टि नेपाली तथा समूहका पदाधिकारीको उपस्थितिमा इन्सेक कास्की सहजकर्ता सुष्मा आचार्य अधिकारी र मानवअधिकार समूहकी कोषाध्यक्ष प्रेम कुमारी अधिकारीले ३५ सय रुपियाँ  विद्यालयलको बालअधिकार समूह परिचालन कोषका लागि हस्तान्तरण गर्नुभएको थियो ।

विद्यालयमा बालअधिकार समूहले जातीय विभेदसम्बन्धी जनचेतना फैलाउने, वातावरण सरक्षणका लागि फोहोरमैला व्यवस्थापन गर्ने, बालबिवाह तथा बालहिंसा तथा यौन दुर्व्यवहार जनचेतनामुलक कार्यक्रम गर्ने तथा स्थानिय तह र विद्यालयमा बालअधिकारका सवालमा मागदाबी गर्ने जस्ता कार्य गर्नको लागि उक्त रकम समूह परिचालन कोषका लागि प्रदान गरिएको सहजकर्ता सुस्मा अधिकारी आचार्यले बताउनुभयो ।

इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा