महेन्द्र माविमा बाल अधिकार समूह गठन

कास्की । २०७९ असोज १ गते

इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखराको आयोजनामा भदौ ३० गते माछापुच्छ्रे गाउँपालिकास्थित महेन्द्र माविमा बाल अधिकार समूह गठन गरिएको छ । इन्सेकले माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत महेन्द्र माविमा सृष्टी नेपालीको अध्यक्षतामा १५ सदस्यीय बाल अधिकार समूह गठन गरिएको सहजकर्ता सुष्मा आचार्यले जानकारी दिनु भयो । समूहको उपाध्यक्षमा सुलभ गुरुङ, सचिव तिजा शाही, कोषाध्यक्ष रोजिना अधिकारी, सदस्यमा दिव्य अधिकारी, एञ्जल ढकाल, कृष्ण अधिकारी, अभय नेपाली, संजना सुनार, सम्झना अधिकारी, सृष्टी अधिकारी, सङ्गम अधिकारी, आयुष्मा रानाभाट र सुहन गहतराज रहनु भएको छ ।

   

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका–४ का वडासदस्य अर्जुन अधिकारीले बाल सहभागिता, बाल संरक्षण, बाल विकास र बाल बचाउको सिद्धान्तमा वडा कार्यलय प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले बाल अधिकार उल्लङ्घनका घटना न्युनिकरणका लागि वडा कार्यलय सदैव सरोकारवालासँग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो । प्रधानाध्यापक जगन्नाथ अधिकारीले विद्यालयभित्र कुनैपनि बालबालिकामाथि हिंसा हुन नदिन प्रतिबद्ध रहेको भनाइ राख्नु भयो । उहाँले बाल अधिकार सुनिश्चितताका लागि बाल अधिकार समूहले प्रभावकारी रुपमा काम गर्ने अपेक्षा समेत राख्नु भयो । समूहका संरक्षक शिक्षक नवराज अधिकारीले बाल अधिकारका बारेमा आफूसहित विद्यालय परिवार सचेत रहेको बताउनु भयो

सुशन घिमिरे