माछापुच्छ्रेमा बालमैत्री स्थानिय शासन प्रर्वद्धन तथा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  कास्की । २०७९ फागुन ११ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सामाजिक विकास कार्यालयको समन्वयमा कास्कीको माछापुच्छ्रे गाँउपालिकामा फागुन ११ गते बालमैत्री स्थानिय शासन प्रर्वद्धन तथा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा माछापुच्छ्रे गाँउपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले बालमैत्री गाँउपालिका बनाउनको लागि नेपाल सरकारले लागु गरेको सुचक अनुसारको काम गर्न गाँउपालिका तत्पर रहेको र कतिपय सुचकहरू पुरा भइरहेको बताउनुभयो । साथै बालमैत्री गाउँपालिका बनाउनको लागि गाँउपालिकाबाट बजेट पनि छुट्टाइसकेको कुरा जानकारी गराउनु भयो । ०८२ सम्ममा बालमैत्री गाउँपालिका बनाउने बारेमा प्रतिवद्धता जनाउनुभयो ।

   

उदय मावि का प्रधानाध्यापक धन बहादुर क्षेत्रीले बालअधिकार को जड भनेको परिवार र समाज रहेकोले जडमा नै सचेत बनाउनु पर्ने बताउनुभयो । वडा अध्यक्ष बैकुण्ठ भण्डारीले वडा अध्यक्षहरूको तर्फबाट बालमैत्री शासनका लागि वडाबाट पहल गर्ने कुरा बताउनुभयो । साथै वडा स्तरमा यस्ता खालका कार्यक्रमहरू गर्नु पर्ने बताउनुभयो । कार्यक्रमका मानव अधिकार समूहको संयोजक, माछापुच्छ्रे गाउँपालिका तथा प्रदेश मानव अधिकार सञ्जालका अध्यक्ष डिल्लीराम भण्डारीले २१औँ शताब्दीमा आइपुग्दा समाजको अवस्था कस्तो छ र हामीले कस्तो खालको समाजको निर्माण गर्ने भन्ने कुरा हामै्र हातमा रहेको कुरा बताउनुभयो । उहाँले बालमैत्री समाजको स्थापना गर्न सबैले पहल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले सहभागिहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

नारायण क्षेत्री