माछापुच्छ्रेमा मानव अधिकार समूहको बैठक सम्पन्न
कास्की । २०८० वैशाख १५ गते
माछापुच्छ्रे गाउँपालिकामा मानव अधिकार समूहको बैठक वैशाख १४ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका अध्यक्ष डील्लीराम भण्डारीको अध्यक्षतामा बसेको बैठकले समूहमा आएको निवेदनको बारेमा छलफल तथा गाउँपालिकासँग आवश्यक सहकार्य गरी योजना तर्जुमा गर्ने बारेमा निर्णय गरिएको छ । माछापुच्छ्रे गाउँपालिका– ४ लाहाचोककी कृष्ण अधिकारीले वैशाख १४ गते आफ्नो जिवन रक्षाका लागि मानव अधिकार समूहलाई निवेदन दिएर आग्रह गर्नु भएको छ । पीडित अधिकारीले आफुलाई सोही ठाँउकी जानुका परियारले लेनदेनको बिषयमा विवाद भएकोमा जानकी परियारबाट बारम्बार ज्यान मार्ने धम्की आएको भन्दै आफू र परिवारको बाच्न पाउने अधिकारको सुनिश्चित गरिदिन आग्रह गर्नु भएको छ ।
यस विषयमा उहाँले गाउँपालिका तथा वडा कार्यालयमा जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको बताउनु भयो । बैठकमा कृष्ण अधिकारीको निवेदनमाथि छलफल गरी प्रहरी कार्यालयमा जानकारी गराउने निर्णय गरिएको छ । बैठकमा उपाध्यक्ष सुनिता परियार, सचिव खडानन्द गौतम, कोषाध्यक्ष प्रेमकुमारी अधिकारी, सहस्यहरू कुलप्रसाद अधिकारी, डिलु पुन, शोभामोहन लम्साल, केशकुमारी गुरुङ, सुनिता सुनार, बलराम पौडेल, देवी अधिकारी, रमा अधिकारी, अम्बिका लम्साल र जिल्ला सहजकर्ता सुष्मा आचार्य अधिकारीको सहभागिता रहेको थियो ।
नारायण केसी