








कास्की । २०८० भदौ २१ गते
माछापुच्छ्रे गाउँपालिका– ३ घाचोक स्थित शुक्ला गण्डकी माध्यमिक विद्यालयको बालअधिकार समूहले कार्यसमिति निर्माण गरी पुर्नगठन गरेको छ । विद्यालयका प्रध्यानाध्यापक र इन्सेक जिल्ला सहजकर्ताको उपस्थितिमा २०८० भदौ १९ गते बसेको बैठकले बाल अधिकार समूहको कार्यसमितिमा कक्षा ९ का ठाकुर रानामगरको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति पुर्नगठन गरेको हो ।
समूहको उपाध्यक्षमा कक्षा ९ की प्रतिक्षा पोखरेल, सचिवमा कक्षा ९ की बन्धना पोखरेल, सहसचिवमा कक्षा ९ की गुराँस नेपाली र कोषाध्यक्षमा कक्षा ७ का आयुष पोखरेल चयन भएका हुनुभएको हो । समुहको सदस्यमा कक्षा ९ का रुपेश दर्लामी, कक्षा ७ की शसक्ती लम्साल, कक्षा ८ की रक्षा दाहाल, कक्षा ८ कै प्रितम परियार, कक्षा ६ की वर्षा केसी र कक्षा ९ की दिक्षा नेपाली चयन भएका हुनुभएको छ ।
इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा