मादीमा स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न
कास्की । २०८० कात्तिक २२ गते
मादी गाउँपालिकामा मानवअधिकार समूहको पहिचान तथा कार्ययोजना बठैक कात्तिक २० गते वडा नम्बर ५ को कार्यालय चितेपानीमा सम्पन्न भएको छ । बैठकमा गत वर्षको सम्पूर्ण कार्यको समीक्षा गर्दै मादी गाउँपालिका भित्रका सम्पूर्ण वडा भित्रका समस्याहरु पहिचान गर्ने निर्णय गरेको छ । यस्तै बैठकमा यसभन्दा पहिले नै गाउँपलिाकामा समस्या पहिचान गरेर पेश गरेपनि उक्त मागदाबी को बेला गाउँपालिकाले के कस्तो पहल गरेको छ जवाफ माग्ने निर्णय गरेको छ ।

अध्यक्ष राजकुमार सुनारको अध्यक्षतमा बसेको बैठकमा उपाध्यक्ष चन्द्रबहादुर गुरुङ, सचिव रुद्रनाथ अधिकारी, कोषध्यक्ष, कविता परियार, सह–सचिव ऋषिराम सापकोटा, सदस्यहरु होमबहादुर गुरुङ, बलराम परियार, गीता सापकोटा, मनोज बराल लगायतको उपस्थिती रहेको थियो । यस्तै बैठकले मादी गाउँपालिका– ५ की कृष्णकुमारी ढकाल पराजुली, उक्त वडाकी संगिता अधिकारी र वडा नम्बर ३ का प्रेमबहादुर गुरुङलाई मनोनित गरेको छ । यस्तै बैठकले चालु आर्थिक वर्षको वार्षिक कार्य योजना पेश गर्नका लाग समूहले यथासम्भव पहल गर्ने निर्णय गरेको छ ।
सन्जय रानाभाट
HUMAN RIGHTS NEWS PORTAL






