मादी गाउँपालिकामा मानवअधिकार समूहको बैठक सम्पन्न

कास्की । २०८० भदौ २६ गते

मादी गाउँपालिकामा मानवअधिकार समूहको दास्रो वर्षको पहिलो नियमिति बैठक २०८० भदौ २५ गते वडा नम्बर ५ को कार्यालय चितेपानीमा सम्पन्न भएको छ । बैठकमा गत वर्षको सम्पूर्ण कार्यको समीक्षा गर्दै राजकुमार विकको अध्यक्षतामा समितिको पुर्नगठन गर्दै तीन ओटा निर्णय गरेको इन्सेक जिल्ला सहजकर्ता शुष्मा आचार्य अधिकारीले बताउनुभयो । बैठकले मानवअधिकार समूहलाई संस्थागत रुपमा दर्ता तथा सूचिकृत गर्नका लागि प्रक्रिया अगाडि बढाउने र विधान मस्यौदा तयार गर्नका लागि तीन सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको छ । जसको संयोजक रुद्रनाथ अधिकारी, सदस्य गीता सापकोटा र सहजकर्ता सुष्मा आचार्य अधिकारी हुनुहुन्छ ।

  

समूहले गाउँपालिकामा विभिन्न कार्यक्रम समेट्ने र मागदाबी पेश गर्नका लागि  प्रक्रिया अगाडि बढाई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र कार्यकारी प्रमुखको संयुक्त रोहबरमा पेश गर्ने निर्णय गरेको छ । पुर्नगठित समूहको उपाध्यक्षमा चन्द्रबहादुर गुरुङ, सचिवमा रुद्रनाथ अधिकारी, सहसचिवमा ऋषिराम सापकोटा, कोषाध्यक्षमा कविता परियार चयन हुनुभएको छ । समूहको सदस्यमा बलराम परियार, होमबहादुर गुरुङ, चुडामणि बराल, गीता सापकोटा र मनोज बराल चयन हुनुभएको छ ।

इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा