








नवलपरासी (सुस्ता पूर्व) । २०८१ असार ७ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मध्यविन्दु नगरपालिकामा गठित मानवअधिकार समूहले आगामि आर्थिक वर्षको निति तथा कार्यक्रममा मानवअधिकार प्रवर्द्धन कार्यक्रमलाई समावेश गर्नका लागि बजेट सहितको प्रस्तावना पेश गरेको छ ।
मध्यबिन्दु मानवअधिकार समूहका अध्यक्ष रामप्रसाद भट्टराई र सदस्य सुनिता रामदामले नगर प्रमुख भिमलाल अधिकारी समक्ष २०८१ असार ५ गते प्रस्तावना पेश गर्नुभएको हो ।
मानवअधिकार समूहले मानवअधिकार प्रवर्द्धन कार्यक्रमका लागि ५ लाख बजेट माग सहितको प्रस्तावना पेश गरेको छ ।
नगर प्रमुख भिमलाल अधिकारीले मानवअधिकार प्रवर्द्धनको लागि के कस्ता कार्यक्रम गर्न सकिन्छ त्यसलाई समेट्न आँफु सकारात्मक रहेको बताउनुभएको छ ।
ज्ञानु पंगेनी