मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षणसम्बन्धी अन्तरक्रिया सम्पन्न
डोटी । २०७८ असोज ५ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज ४ गते सिलगडीमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालयले मानव अधिकारकर्र्मीहरुको सुरक्षा र संरक्षण गर्ने सम्बन्धी आदेश २०७७ जारी गरेकोले यसको प्रचारप्रसार गर्न र आदेशको पूर्ण कार्यान्वयन गर्न सम्बन्धीत निकायहरुको ध्यानकर्षण गराउन कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
निमित्त प्रमुख जिल्ला अधिकारी तथा कार्यक्रमका प्रमुख अथिति किरण जोशीले कानुन दुई धारको हतियार भएकाले समस्या पहिचान हुन समस्या रहेको बताउँदै अधिकारको कुरा गर्दा कर्तब्यको पालना गर्न आग्रह गर्नु भयो । उहाँले गृहमन्त्रालयद्वारा जारी मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षण गर्ने सम्बन्धी आदेश २०७७ कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउनु भयो । गृहमन्त्रालयबाट जारी गरिएको मानव अधिकारकर्मीहरुको सुुरक्षा र संरक्षणसम्बन्धी आदेशको पूर्ण रुपमा कार्यान्वयन गर्न प्रहरी तयार रहेको जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लले बताउनु भयो ।
पत्रकार झलक पालिले जिल्लामा मानव अधिकारकर्र्मीहरुमाथि पटकपटक राज्यपक्षबाट दुव्र्यवहार हुने गरेकोले गृह मन्त्रालयबाट जारी गरिएको आदेश प्रहरी प्रशासनबाट पूर्ण रुपमा कार्यान्वयन हुन सकेको खण्डमा अधिकारकर्मीहरुले सुरक्षित रुपका मानव अधिकारको क्षेत्रमा काम गर्न सहज हुने बताउनु भयो । दलित अधिकारकर्मी अधिराज बिसीले अधिकारकर्मीहरु राजनीतिक रुपमा विभाजित हुने गरेका कारण पनि असुरक्षित हुनु परेको बताउँदै जिल्लामा दलित तथा महिला अधिकारकर्मीहरु बढी जोखिममा रहेको बताउनु भयो ।
गणेश जोशी