मानव अधिकारका सवालमा स्थानीय तहका नीति र कार्यान्वयनको अवस्था विषयक सार्वजनिक सुनुवाई सम्पन्न

कैलाली । २०७७ फागुन २० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यलय, धनगढी र गौरीगंग नगर स्तरीय मानव अधिकार समुहको संयुक्त आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी स्थानीय तहको नीति र कार्यान्वयनको अवस्था विषयक सार्वजनिक सुनुवाई फागुन १९ गते गौरीगंगा नगरपालिमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले नागरिकहरुको मौलिक अधिकार शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारमा नागरिकहरुको पहुँच पु¥याउन र स्थानीय तहको नीति तथा कार्यान्वयनको अवस्था विश्लेषणका लागि कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।

गौरीगंगा नगरपालिकाका प्रमुख भिम देउवाले  शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालहरुलाई सम्बोधन गर्नका लागि नीति निर्माण गरिएको र  नागरिकको आवसको अधिकारको ग्यारेण्टी गर्न जनता आवास कार्यक्रम अन्तर्गत आवास विहिनहरुका लागि घर निमार्ण गर्ने बताउनु भयो ।गौरीगंगा नगरपालिका शिक्षा शाखा प्रमुख हरिस पन्तले दुरदराजका विद्यार्थीहरुको शिक्षामा पहुँच पुर्‍याउन नगरपालिका अग्रसर रहेको बताउनु भयो । गौरीगंगा नगरपालिका कृषी  शाखा  प्रमुख दिवेद्र परियारले कृषि क्षेत्रमा युवाहरुको सकृयता बढाउन कृषक प्रोत्साहन कार्यक्रम सञ्चालन गुर्न पर्ने बताउनु भयो । स्थानीय विर्मादेवी सार्कीले निःशुल्क शिक्षा, स्वास्थ्य भनिएता पनि शुल्क  तिरेर बच्चा पढाउनु परेको र महँगो शुल्क तिरेर उपचार गर्नु पर्ने बाध्यता रहेको गुनासो गर्नु भयो ।

मैनामोती चौधरी