मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि प्रहरी र समूदायबिच समन्वय हुन आवश्यक

बाँके । २०७८ मङ्सिर ६ गते

मानव अधिकारको संरक्षण र सम्बर्द्धन गर्नको लागि प्रहरी र विद्यार्थीबिच समन्वय हुन आवश्यक रहेको एक कार्यक्रममा औलयाीइएको छ ।सिसु, डिसिएको सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज, जिल्ला प्रहरी कार्यालय, बाँके र नेपाल पत्रकार महासङ्घ, बाँकेको संयुक्त आयोजनामा मङ्सिर ६ गते  बैजनाथ गाउँपालिका आयोजित  मानव अधिकार संरक्षण तथा सामाजिक विकृति विङ्ंगती विरूद्ध गाउँपालिका स्तरिय समुदाय र प्रहरीबिच छलफल कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी श्यामकृष्ण अधिकारीले उक्त कुरा बताउनु भएको हो ।

एसपी अधिकारीले पछिल्लो समयमा प्रहरीहरूले मानव अधिकारको संरक्षण र सम्वद्र्धनको विषयमा अध्ययन गरेर आएको हुनाले प्रहरीहरूले उल्लङ्घनका घटनाहरूलाई रोकथाम गर्न प्रहरी साझेदारी कार्यक्रम, प्रहरी मेरो साथी जस्ता नाराहरु ल्याएर काम गरेको बताउनु भयो । उहाँले लागु पदार्थ सेवन रोकथाम गर्न र सडकमा हुने दुर्घटनाहरूमा  कमी ल्याउन विद्यार्थि र समूदायका युवाहरूसँग समन्वय गरेर काम गर्ने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी सिडिओ सुर्यबहादुर खत्रीले पहिले नागरिकहरू आफ्नो अधिकारबाट वञ्चित रहेको बताउदै अहिले अन्तराष्ट्रिय कानुन र महासन्धि बनेपछि नागरिकहरूले अधिकारको प्रत्याभुति गरेको बताउनु भयो । उहाँले बाल अधिकार सुनिश्चित गर्न , महिलाको हक अधिकार सुनिश्चित गर्न  र छुवाछुतको विषयलाई अन्त्य गर्नको लागि कानुन निमार्ण भएको बताउँदै कानुन कार्यान्वयनमा ल्याउनु सबैको दायित्व भएको बताउनु भयो ।

बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले समाजमा रहेका विकृति विसङ्गतिको रोकथाममा सधै जनप्रतिनिधिहरू लागी परेको बताउनु भयो । उहाँले लागु औषध रोकथाम गर्नको लागि प्रहरीसँग छलफल र समन्वयलाई तिब्रता दिने बताउनु भयो । रुचालले समाज परिवर्तन गर्नको लागि समाजमा रहेका विकृतिको अन्त्य पहिलो प्राथमिकता भएकोले राज्यले निर्माण  गरेका निति तथा कानुनलाई कडा रुपमा कायान्वयनमा ल्याउनु पर्ने बताउनु भयो । बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष सारदा रेग्मी विकले लागुपदार्थ सेवन गनर्ने मानिसहरु ग्रामीण क्षेत्रमा बढी भएकोले यसको रोकथाममा गाउँपालिकाले काम गरीरहेको बताउनु भयो । इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले राज्यले सञ्चालन गरेको कार्यक्रमको प्रभावकारीता कस्तो छ भन्ने विषयमा छलफल गर्न आग्रह गर्नु भयो । उहाँले मानव अधिकारको उल्लङ्घनको रोकथाम गर्न सबैले सहकार्य गरेर अगाडि बढनु पर्ने बताउनु भयो ।

नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगीले पत्रकारहरूले मानव अधिकारको सङ्रक्षणको लागि कलम चलाइरहेको बताउनु भयो ।जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुसुदन न्यौपानेले सामाजिक विकृति विसंगती न्युनिकरण गर्न प्रहरीको भुमिका, एडभोकेशी फोरमका संयोजक बसन्त गौतमले उपभोक्ताको अधिकारको विषयमा र पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगीले सुचनाको अधिकारको विषयमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा  बैजनाथ गाउँपालिकाका  विभिन्न इकाइमा कार्यरत शिक्षक, विद्यार्थी,  मानव अधिकार रक्षक सञ्जाल, समुह र  प्रहरीहरूको सहभागिता रहेको थियो ।

स्मृति देवकोटा