मानव अधिकारप्रति राज्य प्रतिवद्ध छ : प्रमुख जिल्ला अधिकारी

धनकुटा । २०७९ असोज ३१ गते

धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले नेपाल सरकार मानव अधिकार र मानव अधिकार रक्षकको अधिकार स्थापित गर्नका लागि प्रतिवद्ध रहेको बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ प्रदेश कार्यालय, युरोपियन युनियनको टोलीसँग असोज ३१ गते गरिएको भेटघाटको क्रममा प्रमुख जिल्ला अधिकारी कट्टेलले राज्यले मानव अधिकार रक्षाका लागि संविधानमा मौलिक हकहरूमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवाललाई व्यवस्था एवम् ब्याख्या गरेको बताउनु भयो ।

   

धनकुटाका एसपी लक्ष्मीराज अधिकारीले आफ्नो कार्यकालमा प्रहरीकोतर्फबाट जिल्लामा मानव अधिकार उल्लङघनको घटना नभएको र आफू त्यसतर्फ सचेत रहेको बताउनु भयो । छलफलमा युरोप युनियन द डेलिगेशन टु नेपालका प्रतिनिधि डा.जोइले हिभानेट, लिसा साफ्रिक,युरोपियन युनियनकै शिवदत्त भण्डारी तथा इन्सेक केन्द्रीय कार्यालयका मदन पौडेल, इन्सेक प्रदेश १, प्रमुख सोमराज थापाको टोलीले प्रमुख जिल्ला अधिकारी र एसपी अधिकारी कार्यकक्षमा भेट गरी सरकारी पक्षबाट मानवअधिकार कार्यान्वयनको अवस्थाका विषयमा जानकारी लिएको छ ।

ईश्वर थापा