मानव अधिकारसम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न
धनुषा । २०७८ चैत २६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा चैत २४ गते मिथिला नगरपालिकामा मानव अधिकारसम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा गरिएको छलफल अनुसार अगामी समयमा बाल अधिकार सचेतना समूह र मानव अधिकार समूहको सहकार्यमा मानव अधिकार शिक्षा कार्यक्रम सञ्चालन गर्ने, मानव अधिकारसम्बन्धी सचेतनामूलक पोस्टर पम्पलेटहरू सार्वजनिक स्थानमा टाँस्ने र सोही स्थानमा अन्य विभिन्न माध्यम (गित, कविता, सडक नाटक र र्याली आदि) बाट मानव अधिकारका सन्देशहरू फैलाउने विषयमा सहभागीले प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवानले आफ्नो अधिकारको प्रयोग गर्दा अर्को व्यक्तिको अधिकार उल्लङ्घन हुन नहुने सन्दर्भमा सहभागीहरूलाई जानकारी प्रदान गर्नु भयो ।
उहाँले भन्नु भयो–‘हरेक नागरिकले आफ्नो अधिकार सँगसँगै आफ्नो जिम्मेवारी र कर्तव्यबोध गरेमा प्रत्येकको मानव अधिकार सुनिश्चित हुन्छ ।’ उहाँले मानव अधिकारका सिद्धान्तको प्रयोगले मानव सभ्यतालाई जोगाइराख्न योगदान पुर्याउने बताउनु भयो । ओरेक मधेस प्रदेश संयोजक विकास बञ्जाराले विद्यालयमा अध्ययनरत विद्यार्थीहरू लागु पदार्थ दुव्यर्सनीमा फस्ने कारणले उनीहरूको शिक्षामा नकारात्मक प्रभाव परेको हुँदा विद्यालयहरूमा अभियान र कार्यक्रमहरू लैजानु आवश्यक रहेको बताउनु भयो । जनता मावि नक्टाझिजका प्रधानाध्यापक श्यामकुमार यादवले इन्सेकले बाल अधिकार सचेतना समूह गठन गरे पश्चात विद्यार्थीहरूलाई विभिन्न अभियान र अभिमूखिकरणका कार्यक्रमहरूमा सहभागी गराएर उनीहरूको व्यक्तित्व र नेतृत्व विकासमा योगदान पु¥याइरहेको जानकारी गराउनु भयो ।
इन्सेक मधेस प्रदेश कार्यालय