मानव अधिकार अवस्थाका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दोलखा । २०७८ मङ्सिर २४ गते

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते जिल्लाको मावन अधिकारको अवस्थाका बारेमा अन्तिरक्रिया कार्यक्रम चरिकोटमा सम्पन्न भएको छ । अनौपारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखा, नेपाल र शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले आयोजना गरेको मावन अधिकार र शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा मानव अधिकार र शिक्षा अधिकार कार्यन्वयनको अवस्थाका बारेमा जिल्ला न्याधिवक्ता प्रकाश मरासिनीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

PhotoDolakha1202112010कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि उद्धवप्रसाद पोखरेलले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को लागि जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशन पूर्व समीक्षाका लागि घटनाहरू सार्वजनिक गर्नु भएको थियो ।

पोखरेलले जिल्लामा सन् २०२१ मा बलात्कारका नौ ओटा, बलात्कार प्रयासका चार ओटा, बाल यौन दुरुपयोगका ओटा, व्यक्तिगत हत्याका पाँच ओटा र ज्यान मार्ने उद्योगसम्बन्धी पाँच ओटा घटना अभिलेख गरएको जानकारी दिनु भयो ।

PhotoDolakha2202112010कार्यक्रममा मन्तव्य व्यक्त गर्नु हुँदै प्रमुख जिल्ला अधिकारी टेकराज निरौलाले मानव अधिकार संरक्षण र सम्वर्धनको लागि राज्यले गम्भीरतापूर्वक ध्यान दिएको बताउँदै मावन अधिकारको हननका घटना न्युनिकरणका लागि सबै पक्षको साझा प्रयास हुनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा डिएसपी भेषराज रिजालले जिल्लामा आत्महत्याका घटना बढेको भन्दै आत्महत्याका घटना किन हुन्छन् अध्ययन गरी सचेतना र आय आर्जनका कार्यक्रम सञ्चालन मार्फत् यसलाई न्युनिकरण गर्नु पर्ने बताउनु भयो ।

उद्धव पोखरेल