मानव अधिकार उल्लङ्घनका पीडितलाई न्यायमा पहुँच पु¥याउन कोष स्थापनामा जोड
जाजरकोट । २०७९ असार २२ गते
मानव अधिकार उल्लङ्घन घटनाका पीडितलाई न्यायमा पहुँच पु¥याउन कोष स्थापना हुनुपर्ने एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् । इन्सेकद्वारा जाजरकोटको खलंगामा असार २२ गते अधिकारकर्मीबीच आयोजित छलफल कार्यक्रममा जिल्ला स्तरीय सिफारिस संयन्त्रका संयोजक शोभा सिंहले उक्त विषयमा जोड दिनु भएको हो । मानव अधिकार उल्लङ्घन र ज्यादती घटनाका पीडितलाई उचित सेवा प्रदान गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले जाजरकोट जिल्लामा जिल्ला स्तरीय सिफारिस संयन्त्र गठन भएको थियो । सो संयन्त्रलाई थप प्रभावकारी बनाउन विभिन्न सरकारी निकायबाट समेत प्रतिनिधित्व हुने गरी तीन सदस्य सिफारिस संयन्त्रमा थप गरिएको संयोजक सिंहले जानकारी दिनु भयो । मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना दैनिक रुपमा बढिरहेको अवस्थामा घटनाका पीडितलाई न्यायमा पहुँच तथा जीवन सुरक्षाका लागि जिल्लास्थित सात वटै स्थानीय तहमा मानव अधिकार अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका पीडितलाई राहत कोष स्थापना गर्नका लागि ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रमका सहभागिहरूले योजना बनाएका छन् ।
सिफारिस संयन्त्रको विषय तथा मानव अधिकार रक्षक सञ्जाल जिल्लाका सबै पालिकामा गठन गर्नका लागि जिल्लास्थित सबै सरोकारवालालाई जानकारी गराउन र समन्वयात्मक बैठक तथा अन्तरक्रिया गर्नसके सिफारिस संयन्त्रको प्रभावकारिता अझै बढाउन सक्ने मानव अधिकार रक्षक सञ्जाल जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाहले बताउनु भयो । कर्णाली प्रदेशको सुर्खेतमा केही दिन अघि सम्पन्न सिरफारिस संयन्त्रको प्रभावकारिता विषयक कार्यशालामा छलफल भएको विषयलाई समेत सिकाईका रुपमा छलफल कार्यक्रममा आदान प्रदान गरिएको थियो । सिफारिस संयन्त्रको बैठकले भेरी नगर पालिकाको सामाजिक विकास शाखाको प्रतिनिधि, स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा रहेको ओसीएमसी प्रतिनिधि र जिल्ला प्रहरी कार्यालय, जाजरकोटको महिला तथा बालबालिका सेलबाट समेत प्रतिनिधित्व रहने गरी तीन सदस्य थप गरेको छ ।
दिनेश कुमार श्रेष्ठ