








सल्यान । २०७९ वैशाख १४ गते
गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका पीडितको सहयोगका लागि सल्यान जिल्लामा सिफारिस संयन्त्र गठन भएको छ । इन्सेक र मानव अधिकार रक्षक सञ्जाल, सल्यानको आयोजनामा वैशाख ११ गते भएको एक कार्यक्रमबाट उक्त संयन्त्र गठन भएको हो ।
मानव अधिकार रक्षक सञ्जाल सल्यानका अध्यक्ष बुद्धिमान पुनको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकारका क्षेत्रमा वकालत तथा पैरवी गर्दै पीडितलाई सहयोग तथा न्याय दिलाई घटनामा संलग्न व्यक्तिलाई कारर्वाहीको दायरासम्म पु¥याउन सहयोग गर्ने उदेश्यका साथ अधिकारकर्मी गुमान सिंह नेपालीको संयोजकत्वमा १२ सदस्यीय जिल्ला स्तरीय सिफारिस संयन्त्र गठन गरिएको हो ।
सिफारिस संयन्त्रका अन्य सदस्यहरूमा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष सरिता चलाउने, मानव अधिकार समूहका अध्यक्ष मुना हमाल, हेड नेटवर्कका संयोजक तोरण बुढाथोकी, नेपाल वार एशोसिएशनका विष्णु शर्मा, महिला मानव अधिकार रक्षक सञ्जालका सोविता बस्नेत, पास नेपाल सल्यानका हेमराज थापा, दलित सेवा संघका यज्ञ कुमार विक, मानव अधिकार रक्षक सञ्जालका बुद्धिमान पुन, इन्सेक सहजकर्ता रामचन्द्र रेग्मी, पत्रकार करेश्मा गिरी र अमृत बुढाथोकी रहनु भएको छ । यस्तै इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकी सिफारिस संयन्त्रको सदस्य सचिव रहनु भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बनेका दलहरूलाई आ–आफ्नो पार्टीको घोषणा–पत्रमा मानव अधिकारको विषयलाई प्रमुखताका साथ समावेश गर्न ध्यानाकर्षण गराउने मानव अधिकार रक्षक सञ्जालका संयोजक बुद्धिमान पुनले जानकारी दिनु भयो ।
मिना बुढाथोकी