मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया
कास्की । २०७८ पुस १२ गते
मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया पुस १२ गते गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा गरिएको कार्यक्रममा गण्डकी प्रदेश मातहतका जिल्ला प्रतिनिधिले आफ्ना जिल्लामा सन २०२१ जनवरी देखि डिसेम्बरसम्म भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बारे प्रस्तुतीकरण दिएका थिए । कार्यक्रममा बोल्दै इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिनाले इन्सेक जिल्ला प्रतिनिधिहरु आफ्नो जिल्लाहरुमा इन्सेकको पहिचान रहेको बताउदै पीडितले इन्सेकबाट न्यायको अपेक्षा राखेको बताउनुभयो । उहाँले प्रतिनिधिहरुले पीडितसँगै पुगेर घटनाहरुको अभिलेखिकरण गर्नुपर्ने बताउनुभयो ।
नेपाल मानव अधिकार वर्ष पुस्तकका सम्पादक गोविन्द त्रिपाठीले नेपाल मानव अधिकार वर्ष पुस्तकले नेपालको मानव अधिकारको अवस्था चित्रण गर्ने भएकाले मानव अधिकार उल्लंघनका सबै घटनाहरुलाई समेट्न आवश्यक रहेको बताउनुभयो । इन्सेक गण्डकी संयोजक शिव खकुरेलले गण्डकी प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट बालिकहरुको बढी पीडित भएको अभिलेखले देखाएको बताउनुभयो । सन २०२१ को जनवरी देखि डिसेम्बरसम्म कास्की जिल्लामा ८१, तनहुँमा १ सय १६, म्याग्दीमा २४, पर्वतमा २५, स्याङ्जामा ३५, लमजुङमा २५, नवलपुरमा ४९, बागलुङमा ५६, गोरखामा २९ ,मुस्ताङमा चार र मनाङमा कुनै पनि घटना नरहेको इन्सेकको अभिलेखमा रहेको छ ।
सुशन घिमिरे