मानव अधिकार तत्याङ्क अभिलेखिकरणसम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

कैलाली । २०७७ असोज १६ गते

 

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा तथा डिसिएको आर्थीक सहयोगमा असोज १६ गते मानव अधिकार उल्लङ्घन घटनाका तथ्याङ्क अभिलेखिकरणसम्बन्धी पुनर्ताजगी तालिम धनगढीमा सम्पन्न भएको छ ।

मानव अधिकार उल्लङ्घनका तत्य तथ्याङ्कहरुलाई डिजिटिलाइज गर्ने उद्देश्यले इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी अन्तर्गत कार्यरत नौ ओटै जिल्लाका इन्सेक प्रतिनिधिहरुका लागि सो तालिमको आयोजना गरिएको हो ।

कार्यक्रममा भर्चुयल माध्यमबाट सम्बोधन गर्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले जिल्ला प्रतिनिधिहरुले सङ्कलन गरेका मानव अधिकार उल्लङ्घनका घटनाहरु सत्यतथ्यमा आधारित हुनु पर्ने बताउँदै नेपाल मानव अधिकार वर्ष पुस्तकमा समावेश गरिने सम्पूर्ण घटनाहरुलाई  विश्वशनिय र तथ्यपूर्ण बनाउन इन्सेक प्रतिनिधिहरुले ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा भर्चुयल माध्यमबाट सम्बोधन गर्दै इन्सेक मानव अधिकार प्रलेख प्रलेख तथा वहसरपैरवी विभाग प्रमुख श्रीराम बजगाईले मानव अधिकार अभिलेखिकरणलाई प्रविधियुक्त बनाउन र जिल्ला प्रतिनिधिहरुको क्षमता अभिबृद्धी गर्नका लागी तालिमको आयोजना गरिएको बताउँदै पीडितहरुसँग भेटघाट गरी पीडितहरुको न्यायमा पहुँच पुगाउनका लागि सहयोग गर्नु पर्ने बताउनु भयो ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले तालिममा जिल्ला प्रतिनिधिहरुलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका सवालहरुलाई मानव अधिकार वर्ष पुस्तकमा समावेश गर्न आवश्यक भएको बताउँदै तालिमलाई प्रभावकारी बनाउनका लागि इन्सेक प्रतिनिधिले सिकेको शिपलाई निरन्तरता दिनु पर्ने बताउनु भयो ।

तलिममा डाटा इन्टङी सफ्टवयर निर्माता सेल एपका मनोज भट्टराई र सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले वर्ष पुस्तकका लागि सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनका घटनाहरुलाई सफ्टवयरमा इन्टङी गर्ने कार्यको सहजिकरण गर्नु भएको थियो । तालिममा सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका इन्सेक प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

मैनामोती चौधरी