मानव अधिकार प्रलेखीकरणसम्बन्धी कार्यशाला कार्यक्रम सम्पन्न
काठमाडौँ । २०८१ जेठ ८ गते
नेपाल मानव अधिकार वर्ष पुस्तकको समीक्षा, वर्ष पुस्तकको आगामी कार्यदिशा, इन्सेकअनलाइन निर्देशिका र मानव अधिकार वर्ष पुस्तक निर्देशिका परिमार्जनका विषयमा इन्सेक केन्द्रीय कार्यालयको आयोजनामा ०८१ जेठ ८ र ९ दुुई दिवसीय कार्यशाला सम्पन्न भएको छ ।
कार्यशालाको उद्घाटन सत्रमा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले वर्ष पुस्तक २०२४ को समीक्षासँगै आगामी कार्यदिशा, विगतको अनुुभवको पाठ, चुनौती साथै समाधानका उपाय र वर्ष पुस्तकलाई थप परिष्कृत बनाउने विषयमा छलफलका लागि कार्यशालाको आयोजना गरिएको बताउनुभयो ।
कार्यशालामा इन्सेक अध्यक्ष डाक्टर कुन्दन अर्यालले वर्ष पुुस्तकमा प्रकाशन हुने विवरण, आलेखमा लेखनका क्रममा प्रयोग भएका सन्दर्भसाम्रगी र तथ्याङ्कलाई थप परिष्कृत र प्रभावकारी बनाउने विषयमा कार्यशालामा विमर्श हुने बताउनुभयो ।
कार्यशालामा नेपाल मानव अधिकार वर्ष पुुस्तक २०२४ अर्थात् ३२ औँ संस्करणको सम्पादन तथा तयारी विषयमा मानव अधिकार प्रलेख तथा प्रसार विभाग प्रमुख मदन पौडेलले अनुुभव आदानप्रदान गर्नु भएको थियो ।
कार्यशालामा नेपाल मानव अधिकार वर्ष पुुस्तकको प्रमुख तीन आलेख व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका विषय तथा इन्सेक अनलाइन निर्देशिकामा आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा सञ्चारविद् विनोद भट्टराईले सुुझाव दिनु भएको थियो ।
कार्यशालामा मानव अधिकार र वातावरण अधिकारलगायतका विषयमा वर्ष पुुस्तकले आगामी दिन समेट्न सक्ने विषयवस्तुका बारेमा वातावरण विज्ञ डा. दिनेशराज भुजुले सहजीकरण गर्नु भएको थियो ।
कार्यशालामा इन्सेकअनलाइन निर्देशिका र नेपाल मानव अधिकार वर्ष पुस्तकलाई थप प्रभावकारी र परिस्कृष्त बनाउनका लागि तीन ओटा समूह निर्माण गरी समूहगत छलफल गरिएको थियो ।