मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण विषयक अन्तरक्रिया सम्पन्न
कैलाली । २०७८ वैशाख १४ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा डिसिएको सहयोगमा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणमा विषयक अन्तिरक्रिया कार्यक्रम वैशाख १४ गते गौरीगंगा नगरपालिकामा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेशका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले नेपाल सरकारले ०७७ मा जारी गरेको मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षण सम्बन्धी आदेशका सम्बन्धमा जानकारी गराउन र यसको प्रभावकारी कार्यान्वयका लागि सम्बन्धीत पक्षको ध्यानकर्षण गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउँदै नेपाल सरकार गृह मन्त्रालयले जारी गरेको आदेशमा मानव अधिकारकर्मीले मानव अधिकार संरक्षणको कार्य गर्दा उत्पन्न जोखिमको उन्त्य गर्र्न सम्बन्धीत निकायहरुलाई निर्देशन जारी गरिएकोले यसको प्रभाकारी कायन्वयन हुनु पर्ने बताउनु भयो ।
गौरीगंगा नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीले अहिले पनि समाजमा महिला हिंसा, बालअधिकार र अन्य अपराधका घटनाहरु नरोकिएको र घटनामा पीडित भएकाहरुको पक्षमा क्रियाशिल मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षणको जिम्मा राज्यको भएकोले मानव अधिकारकर्मीको सुरक्षा र संरक्षण गर्न सरकारले जारी गरेको आदेश कार्यान्वयन गरिनु पर्ने बताउनु भयो । गौरीगंगा नगरपालिका–४ का वडाध्यक्ष भागरथी विष्टले घटनाहरुमा राजनीतिकरण हुने गरेकोले पीडितहरुले न्याय पाउन नसकेको बताउँदै यसको समिक्षा गर्न आवश्यक भएको बताउँदै सरकारले प्रसस्त कानुनहरु निर्माण गरेको भएपनि कार्यान्वयनमा समस्या भएकोले सरकारले मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षणका जारी गरेको आदेशको पूर्ण पालना तथा कार्यान्वयन गर्न आवश्यक भएको बताउनु भयो ।
गौरीगंगा नगरपालिका–१० का वाडध्यक्ष पदमबहादुर ऐरले नेपाल सरकार गृहमन्त्रालयले मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षणका लागि जारी गरेको आदेश २०७७ को प्रभावकारी कार्यान्वयनका लागि आफूहरुको पूर्ण सहयोग रहने प्रतिवद्धता जाहेर गर्नु भएको ।
मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष टेकराज ओझाले मानव अधिकार रक्षकहरु अहिले पनि सुरक्षित नभएको बताउँदै नेपाल सरकारले मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षणका लागि जारी गरेको आदेशले आगामी दिनमा काम गर्न सहज हुने बताउनु भयो । कार्यक्रममा गौरीगंगा नगरपालिका स्तरीय मानव अधिकार रक्षक सञ्जालका पदाधिकारी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, पत्रकार र संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
मैनामोती चौधरी