मानव अधिकार रक्षकहरुको सवलिकरण सम्बन्धमा अन्तरक्रिया सम्पन्न

डोटी । २०७७ असोज ५ गते

 

इन्सेक, डोटीको आयोजना तथा डिसिएको आर्थिक सहयोगमा मानव अधिकार रक्षकहरुको सवलिकरण तथा जिल्ला स्तरीय सञ्जाल निर्माण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम असोज  ५ गते  सिलगढीमा सम्पन्न भएको छ ।

उच्च अदालत बार इकाई, दिपायलका अध्यक्ष शंकरदिप मडैले समाजमा मानव अधिकार उल्लङ्घनका घटनामा कमी नआएको बताउँदै सरकार मानव अधिकारको संरक्षण गर्न गम्भिर नभएकोले अपराधिक समुहहरु बलियो हुँदै जानुले पीडितले न्याय पाउन नसकेको बताउनु भयो ।

बिम्ब साप्ताहिकका सम्पादक  रामहरि ओझाले  जिल्लामा गठन गरिने मानव अधिकार समुहहरुले कुनै सस्थाले सहयोग गरेकोे समयमा मात्रै नभई मानव अधिकारको संरक्षण र सम्बद्र्धन तथा पीडितको पक्षमा निरन्तर रुपमा काम गर्न आवश्यक रहेको बताउनु भयो ।

मानव अधिकार निगरानी समुहका अध्यक्ष सिता बिकले  मानव अधिकार रक्षकहरुलाई उनीहरुको काम, कर्तव्य र अधिकारका बारेमा जानकारी दिदै मानव अधिकारकर्मीहरुको क्षमता अभिबृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो ।

सुरक्षित अल्पकालिन महिला सेवा केन्द्र, डोटीका अध्यक्ष  देवकी बोहराले मानव अधिकार रक्षकहरुले दलित, महिला, बालबालिकाका सवालहरुलाई साँझा सवालका रुपमा बुझेर वहसपैरवी गर्न आवश्यक भएको बताउनु भयो ।

कार्यक्रममा मानव अधिकारकर्मी नबराज जोशीको संयोजकत्वमा नौ सदस्यीय जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जालसमेत गठन गरिएको छ । सञ्जालको सल्लाहकारमा उच्च अदालत बार इकाइका अध्यक्ष शंकर मडै, अधिकारकर्मी अधिराज बिसी र झलक पाली रहनु भएको छ ।

सञ्जालका संयोजक नबराज जोशीले आगामी दिनमा मानव अधिकार रक्षकहरुको सवलिकरण गर्न र पीडितहरुको पक्षमा वहसपैरवी गर्नका लागि सबै पक्षसँग समन्वय गरी कार्ययोजना तयार गरी अगाडि बढन अवाश्यक रहेको बताउनु भयो ।

बासुदेव जोशी