मानव अधिकार रक्षक सञ्जाल गठन

सुर्खेत । २०७८ मङ्सिर २६ गते

इन्सेक सुर्खेतको आयोजनामा मङ्सिर २५ गते आयोजित एक कार्यक्रममा जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन भएको छ । भैरव युवा सशक्तिकरण केन्द्रकी सदस्य शर्मिला बिसीको संयोजकत्वमा ११ सदस्यीय सञ्जाल गठन गरिएको हो । सहसंयोजकमा जिल्ला बार एसोसियशनका अधिवक्ता हिमालयजङ्ग शाही, सदस्यमा नेपाल पत्रकार महासंघ, गैर सरकारी संस्था महासंघ, सञ्चारीका समुह, सुर्खेत अपाङ्ग समाज, एकल महिला समूह सुर्खेत, आशा सञ्जाल लगायतका संस्थाहरू रहेको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रममा संयोजक सुवेदीले मानव अधिकार रक्षकहरूको अधिकार संरक्षणका लागि निर्माण गरिएको कानुनको मस्यौदा २०७८ मा समेत छलफल गराउनु भएको थियो । छलफलमा मानव अधिकार उलङ्घका घटना दिन प्रतिदिन बढ्दै गएकोले मानव अधिकार रक्षकहरूलाई परिचय पत्रसहित सक्रिय रूपमा काम गर्ने वातावरण समेत मिलाउन पनि सहभागीहरू आग्रह गरेका थिए ।

PIC20211212skt

PIC20211212skt 1

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत ।