मानव अधिकार रक्षक सञ्जालद्वारा बालबालिकाहरुलाई खाद्यन्न सहयोग
सुर्खेत । २०७९ माघ २८ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित मानव अधिकार रक्षक सञ्जालले बादी सरोकार मञ्चले संरक्षणगर्दै आएका बालबालिकाहरुलाई खाद्यन्न सहयोग गरेको छ । वीरेन्द्रनगर नगरपालिकाका मानव अधिकार सम्वन्धी बिभिन्न सवालरूको उजागर गर्ने र समाधानमा सहकार्य गर्ने उद्देश्यले इन्सेकद्वारा गठन गरिएका नमुना मानव अधिकार रक्षक सञ्जाल र वीरेन्द्रनगर मानव अधिकार सञ्जालहरुले बादी सरोकार मञ्चमा रहेका बिपन्न तथा सिमान्तकृत बादी समुदायका बालबालकाहरुका लागि संयुक्त रुपमा छोटो बैंठकको आयोजना गरि करिव २० हजार बराबरको खाद्यन्न सहयोग गरेको हो । कर्णालीको राजधानी वीरेन्द्रनगर शहरमा बादी समुदायको अधिकारको लागी निरन्तर संघर्ष गर्दै आएको बादी सरोकार मञ्चका अध्यक्ष हिक्मत बादीले मानव अधिकार रक्षक सञ्जालले गरेको यो सहयोगले मञ्च परिवार र बालबालिकालाई ठुलो प्रोत्साहन पुगेको र भविष्यमा पनि सहयोग र सहकार्यको अपेक्षा गरेको बताउनु भयो ।
इन्सेकका कार्यक्रम संयोजक किरण पौडेलले सिमान्तकृत बादी समुदायका करिव १२० जना ( ५३ बालक, ६७ बालिका )बालबालिकाको संरक्षणको साथ साथै शिक्षाको अधिकारको पनि हेरचाह गदै आएको बादी सरोकार मञ्चको काम आफैमा चुनौतीपुर्ण र सहासपुर्ण रहेको र सरकारले यसको उचित व्यवस्थापनको लागी यथासिघ्र पाईला चाल्नु पर्ने कुरा बताउनु भयो । खाद्यन्न हस्तान्तरण गर्दै वीरेन्द्रनगर मानव अधिकार रक्षक सञ्जालका संयोजक सुनिल काजी गौतमले बादी समुदायका सिमान्तकृत बालबालिकालाई यसरी सहयोग गर्न पाउदा खुसी लागेको र सम्बन्धित निकायको ध्यानाकर्षणको लागि पनि थप सहकार्य र समन्वय गर्ने कुरा बताउनु भयो । त्यसैगरी, नमुना मानव अधिकार रक्षक सञ्जालकी सह–संयोजक मालती बिकले पनि खाद्यन्न हस्तान्तरण गर्दै बादी सरोकार मञ्चमा रहेका सम्पूर्ण बालबालिकाहरुलाई पढाईमा बिशेष ध्यान दिन हुन आग्रह गर्नुको साथै निरन्तर रुपमा समन्वय र सहकार्यको लागी तत्पर रहेको कुरा बताउनु भयो ।
प्रभाकुमारी रावत