मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न

सुर्खेत । २०७७ मङ्सिर १० गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतद्वारा गठित कर्णाली प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालको बैठक मङ्सिर १० गते वीरेन्द्रनगरमा सम्पन्न भयो । बैठकले अन्तराष्ट्रिय मानव अधिकार दिवस तथा १६ दिने महिला हिंसा बिरूद्धको अभियान विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ ।

बैठकमा कोभिड १९ ले सञ्चारकर्मी, सञ्चार माध्यममा पारेको प्रभावको विषयमा मिडिया सम्वाद,  शिक्षा, स्वास्थ्य तथा खाद्यको अधिकारमा पारेको प्रभाव र कर्णाली प्रदेशमा मानव अधिकारका विभिन्न पक्षहरूको वास्तविक स्थितीको चित्रण गर्ने खालको कार्यक्रम गर्नुे निर्णय गरेको छ । साथै सार्वजनिक सरोकारको विषयमा सबै नागरिक संस्थाहरू एकजुट भई जिल्ला बार एशोसिएसनको सहयोगमा सञ्जालले (पिआइएल) हाल्ने निर्णय गरेको छ ।

सञ्जालका संयोजक एवम् मध्यपश्चिमाञ्चल विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र संकायका पुर्व डिन पिताम्बर ढकालको अध्यक्षतामा बसेको बैठकमा इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले नागरिक संस्था र मानव अधिकार रक्षकहरू एकजुट नभएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने बताउनु भयो । बैठकमा नागरिक संस्थाका प्रतिनिधी, कानुन व्यवसायी, मानव अधिकार रक्षक र सञ्चारकर्मीहरूको उपस्थिती रहेको थियो ।

दुर्गा थापा