मानव अधिकार रक्षक सञ्जाल गठन

कालीकोट । २०७७ चैत १६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित मानव अधिकार रक्षकहरूको सबलीकरण कार्यक्रम अन्तरगत चैत १३ गते डिल्लीप्रसाद चौलागाइँको संयोजकत्वमा १३ सदस्यीय जिल्ला मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ ।

सञ्जालको सह–संयोजकमा दक्षिणा शाही, सदस्यहरूमा मिसिरा शाही, रमेश सुनार, संगीता वली, एसोधा विक, तुलाराज पाण्डे, कपुरे वि.क, अविसरा अधिकारी, गोविन्दा सुनार प्रतिभा ऐडी, छत्ररोका मगर र सदस्य सचिवमा इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्ल चयन हुनुभएको छ ।

कार्यक्रममा जिल्ला नेपाल वार एसोसियशन जिल्ला बार इकाइ कालिकोटका अध्यक्ष दमनराज बम, नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारी गैसस महासंघका दिलिप शाही मानव अधिकार एलाइन्सका डिल्लीप्रसाद चौलागाई लगायतले मानव अधिकार सञ्जालमा मानव अधिकार रक्षकहरूले पीडकहरूबाट धम्की खानु पर्ने अवस्था रहेको हुनाले संगठित रूपमा आवाज उठाउनु पर्ने बताउनु भयो ।

कालीबहादुर मल्ल