








नवलपरासी (सुस्ता पश्चिम) । २०७७ पुस १ गते
इन्सेक नवलपरासी ( पश्चिम ) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम मङ्सिर ३० गते सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि नारायण भुसालले जिल्लामा सन् २०२० जनवरीदेखि हालसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका १ सय ३ वटा घटना प्रस्तुत गर्नु भएको थियो । जस मध्ये गिरफ्तारी चार वटा, धम्की र कुटपिट पाँच वटा, जातीय विभेद एक, बाल अधिकार अन्तरगत बलात्कार तथा यौन दुर्व्यवहारका २५ वटा, अपहरण पाँच वटा, महिला अधिकार अन्तरगत बलात्कार सात बलात्कार प्रयासक चार वटा घरेलु हिंसा ३७ वटा, बहुविवाह चार वटा बेचबिखन पाँच वटा, परिवारजनबाट हत्या चार वटा र कारागारमा मृत्यु २ वटा रहेका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख शिबसङ्ंकर प्रसाद रायले मानव अधिकार उल्लङ्घनका घटनाहरूको अभिलेखीकरणमा इन्सेकले गरेको कामको सराहना गर्नुभयो । प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले कानुनी प्रक्रियामा जान नसकेका घटनालाई मात्रै समावेश गनुपर्ने सुझाव दिनु भयो ।
नारायण पराजुली