मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा
दाङ । २०७९ असार १२ गते
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा संकलन गरिएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरुको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार १० गते घोराहीमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले इन्सेकले मानव अधिकारको प्रवद्र्धनमा भूमिका खेलेको भन्दै आवस्यक सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका डिएसपी मुकुन्द रिजालले वर्ष पुस्तक मानव अधिकारको दस्तावेज भएको बताउदै कतिपय प्रहरीको जिम्मेवारीलाई मानव अधिकारविरुद्धकोरुपमा विश्लेषण गर्न नहुने सुझाव दिनुभयो ।
रिजालले आन्दोलनकारीलाई नियन्त्रणमा लिदा गैरकानुनी गिरफ्तारी भन्न नमिल्ने भन्दै राज्यको जिम्मेवारीलाई बुझिदिन आग्रहसमेत गर्नुभयो । घोराही कारागारका जेलर बासुदेव खनालले कैदी बन्दीका अधिकारका विषयमा पनि इन्सेकले खबरदारी निरन्तर गर्नुपर्ने भन्दै मानव अधिकारको सवालमा कारागार प्रशासन गम्भीर भएर काम गर्न गरीर हेकोे बताउनु भयो । इन्सेक प्रतिनिधि जयनारायण पुनले सो जिल्लामा सन २०२२ जनवरीदेखि जुनसम्म अभिलेख गरेका ७८ वटा घटना प्रस्तुत गर्नु भएको थियो ।
जयनारायण पुन