मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

कालीकोट । २०७९ पुस १२ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस १२ गते सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्लले सन २०२२ जनावरी १ देखि डिसेम्बर सम्ममा सङ्कलन गरिएका २७ ओटा घटना प्रस्तुत गर्नु भएको छ । कार्यक्रममा सम्मानित रूपले बाँच्न पाउने अधिकारसँग सम्बन्धित पाँच,  शिक्षा तथा खाद्यको अधिकार सम्वन्धि दुइ , बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका सात, वेवारिसे बम विष्फोटनबाट मृत्यु एक, जातीय विभेद चार  र घरेलु हिंसाको आठ ओटा घटना प्रस्तुत गरिएको छ । प्रमुख जिल्ला अधिकारी रमहरी शर्माले मानव अधिकार उलङघनका घटनाहरू सभ्य र सम्वृद्ध समाज निमार्णका मानव अधिकार मैत्री समाज निमार्ण गर्नु पर्ने धारणा राख्नु भयो । उहाँले यसका लागि मानव अधिकार उलङ्घनका घटनामा कमी गराउन राज्यका निकाय इन्सेक लगाएतका मानव अधिकारको क्षेत्रमा काम गर्ने निकायहरु सक्रिय भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।

     

यस्तै कालिकोटका जिल्ला प्रहरी कार्यालयका डिएसपी जयश्वर रिमालले जिल्ला प्रहरीमा आउने महिला हिंसा,जातीय विभेद, यौन दुर्व्यवहारका उजुरी आएका कसैको दवावमा नपरि पीडितलाई न्याय दिलाउनु लागि पर्ने प्रतिवद्धता जनाउनु भयो । नेपाल बार एसोसियसन कालिकोटका अध्यक्ष अमलराज शाहीले विगत लामो समयदेखि इन्सेकले मानव अधिकार वर्ष पुस्तक महत्वपूर्ण दस्तावेज प्रकाशन  गर्दै आएको हुनाले यसले पीडितलाई न्याय दिनका लागि प्रमाण भएको वताउनु भयो । साथै उहाँले मानव अधिकार बर्ष पुस्तकको आधारमा विगत द्वन्द्वकालदेखि मानव अधिकार उलङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएकाहरुले क्षतिपूर्ति पाएको स्मरण गराउनु भयो । माओवादी केन्द्रका अजय बमले मानव अधिकार उलङ्घन गर्नेमा सरकार पक्षनै हुने भएकाले प्रत्येक नागरिकले खाद्यन्न, स्वास्थ्य, शिक्षा लागयतका अधिकारहरू राज्यबाट प्राप्त हुनु पर्ने  औल्याउनु भयो । जिल्ला प्रशासन कार्यालयका सभाहलमा सम्पन्न कार्यक्रममा अदालत,सरकारी वकिल कार्यालयका प्रतिनिधि राजनीति दल, प्रहरी प्रशासन, कारागार,पत्रकार,मानव अधिकारकर्मी र महिला अधिकारकर्मी लगाएतको सहभागिता रहेको थियो ।

कालीबहादुर मल्ल