मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

सुर्खेत । २०७९ पुस २० गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस १९ गते सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि प्रभा रावतले सन २०२२ जनावरी  देखि डिसेम्बर सम्ममा सङ्कलन गरिएका ७२ ओटा घटना प्रस्तुत गर्नु भएको छ । सन् २०२२ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७२ वटा घटना भएका छन् । जसमा सबै भन्दा धेरै माहिला तथा बालबालिकामाथि बढी ज्यादतीका घटना हुने गरेको पाइएको छ  । यो आर्थिक वर्षमा ४८ ओटा घरेलु हिंसाका , ९ ओटा बलात्कारकार घटना र ५ ओटा हत्याका घटना भएका छन् । यसैगरी यो आर्थिक वर्षमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीमा चार ओटा कुटपिटका घटना भएका छन् । भने अन्यमा तीन ओटा घटना घटेका छन् । जसमा दुई ओटा गिरफ्तार भएका छन् भने एक ओटा  अमानवीय व्यवहारका घटना घटेको तथ्याङ्कमा उल्लेख छ  । जसमध्ये ५ वटा राज्यपक्षबाट घटना घटेका छन् । समीक्षा कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग सुर्खेतका प्रमुख मानवहादुर कार्कीले घरेलु हिंसा र बलात्कार घटना बढ्नुले महिला अझपनि आफ्नो अधिकारको प्रयोग गर्नबाट वञ्चित रहनुपर्ने अवस्था रहेको उल्लेख गर्नु भयो ।आर्थिक अवस्था कमजोर भएका नागरिकहरूबाट उजुरी नआउने भएकाले पनि मानव अधिकार हनन भएका घटना पुर्णमात्रामा बाहिर आउन नसक्ने उहाँको भनाई छ  ।

      

यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी योगेन्द्र सिहं थापाले  मानवमाथि हुने विभिन्न खालका हिंसा न्युनिकरणमा प्रहरी प्रशासन कहीकतै चुकेको भन्दै यस्ता घटनामा न्युनिकरण ल्याउनमा आफु प्रतिवद्ध रहेको बताउनु भयो । जिल्लामा रहेका कारागार हिरासतको अनुगमन गर्ने र घरेलु हिंसा न्युनिकरण गर्नमा लागि पर्ने प्रतिवद्धता जनाउनु भएको छ  । कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र हमालले प्रशासनबाट पाउनुपर्ने सम्पुर्ण सेवा सुविधाका लागि प्रशासनले ऐन र नियममा टेकेर सहज रुपमा सेवा प्रदान गर्दै आएको बताउनु भयो । उहाँले कार्यक्रममा बोल्दै इन्सेकले मानव अधिकार हनन र ज्यादतीका घटनाका विषयमा पुस्तक मात्र सार्वजनिक गर्ने तर मानव अधिकार हनन कसरी रोक्ने भन्ने तर्फ ध्यानदिनुपर्नेमा जोड दिनु भयो । साथै विभिन्न स्थानीय तहमा गएर मानव अधिकार हननका विषयमा चेतनामुलक कार्यक्रम गर्नुपर्ने उहाको भनाई छ । यस्तै कार्यक्रममा इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले मानव अधिकार हनन र ज्यादतीका घटनामा कमी ल्याउनका लागि दैलेख र सुर्खेतमा विशेष गरी मानव अधिकार रक्षक संजाल मार्फत काम गर्ने प्रयास गरेको जानकारी दिनु भयो ।

प्रभाकुमारी रावत