








मुगु । २०७९ पुस २० गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस २० गते सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि जीवन सेजुवालले सन २०२२ जनावरी देखि डिसेम्बर सम्ममा सङ्कलन गरिएका २० ओटा घटना प्रस्तुत गर्नु भएको छ । सङ्कलन गरिएका घट्नाहरु इन्सेक जिल्ला प्रतिनिधिले समीक्षा कार्यक्रमा सरोकारवालहरु बिच प्रस्तुत गरेका थिए । संकलन गरिएका २० घट्ना मध्ये कुटपिटका छ ओटा, आर्थिक अधिकारको एक ओटा, घरेलु हिंसा दुई ओटा, बिष्फोटका दुई ओटा र महिला सम्बन्धि हुने सबै खाले भेदभाव तथा बलात्कारका नौ ओटा घट्ना प्रस्तु भएका थिए ।
उक्त कार्यक्रमा प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले इन्सेकले प्रकाशन गर्दै आएको मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको संरक्षणमा राज्यलाई सचेत बनाउने गरेको र पुस्तकमा सत्यतथ्य घट्ना समेटिनु पर्ने बताउनु भयो । सोही कार्यक्रमा जिल्ला प्रहरी कार्यालयका डिएसपी सुभाष हमालले मानव अधिकारको संरक्षणमा बर्दीधारी सुरक्षाकर्मीको मात्र जिम्मा नभई अन्य सरोकारवाला निकायको पनि भएकाले सबै सचेत हुनु पर्ने बताउनु भयो । जिल्ला अदालतका नायव सुब्बा जयलाल बुढाले मानव अधिकार वर्ष पुस्तक पीडितहरूको दस्तावेज भएकाले यसमा समिटिने सबै घट्ना सत्य तथ्य हुनु पर्ने बताउनु भयो । कार्यक्रममा २१ जना सहभागीता रहेको थियो ।
जीवन सेजुवाल