मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

जाजरकोट । २०८० पुस ३ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशनपूर्व वार्षिक समीक्षा कार्यक्रम पुस २ गते खलंगामा सम्पन्न भएको छ । सत्य तथ्य घटना समावेशका लागी सरोकारवालासगको छलफलमा जिल्ला प्रहरी कार्यालयका जिल्ला प्रहरी कार्यालयका इन्पेक्टर माधव विश्वकर्माले बर्ष पुस्तकमा प्रकाशन गर्दा ध्यानदिनु पर्ने बताउनु भयो । सबै घटना प्रहरीसँग सम्वन्धित भएकाले संङ्कलन गरिएका घटना अध्ययन अनुसन्धान गरि वर्ष पुस्तकमा समावेश गर्न आग्रह गर्नु भयो । जिल्ला प्रहरी कार्यालयका इन्पेक्टर विश्वकर्माले मानव अधिकारले नागरिकको हक अधिकारलाई ध्यान दिएको बताउनु भयो । नेपाल बार एसोशियसनका प्रतिनिधि सहदेवजंङ्ग शाहले केहि घटना छुटेको बताउदै आफूसँग भएकाले घटना थप घट गर्नुपर्ने बताउनु भयो । त्यस्तै जिल्ला अदालत जाजरकोटका नायव सुब्वा रामसिह ठकुरीले मानव अधिकारलाई स्थापित गर्न इन्सेकको महत्वपुर्ण भएकाले घटना थपघट गर्नु पर्ने बताउनु भयो । प्रहरी, अदालत, जिल्ला प्रशासनसग समन्वय गरि सत्य तथ्य घटना प्रशासन गर्न आग्रह गर्नु भयो ।

मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष राजेन्द्र विक्रम शाहले मानव अधिकारका क्षेत्रमा इन्सेकले संङ्कलन घटनाको सुझावका लागि गरेको समीक्षामा मान अधिकार वर्ष पुस्तकले समाजमा सस्कृति, भाषा धर्मको संरक्षण तथा सामाजिक विकासमा महत्वपुर्ण सहयोग गरेको बताउनु भयो । उहाँले मानव अधिकारको संरक्षण सम्वद्र्धन गर्ने सरकारको दायित्व भएपनि इन्सेक तथा मानव अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्थाले ग्रामीण वस्तीमा महत्वपुर्ण काम गरेको बताउनु भयो । इन्सेक जाजरकोटका प्रतिनिधि बासुदेव शर्माले २०२३ जानवरी १ देखि डिसेम्वर १६ सम्म संङ्कलन गरिएका ३४ ओटा घटना प्रस्तुत गरिएको थियो । प्रस्तुत गरिएको प्रतिवेदनमा हत्या चार ओटा कुटपिट राज्य पक्ष एक ओटा गैरराज्य पक्षबाट १० ओटा घरेलु हिसा पाँच ओटा, बलात्कार ६ ओटा आत्महत्या दुरुत्साहन दुई ओटा घरेलु हिसा पाँच ओटा बलात्कार प्रयास तीन ओटा बहुविवाह तीन ओटा,अभद्ध व्यवहार एक ओटा घटना रहेका छन् । महिला अधिकार प्रजनन अधिकार मंन्चका सरस्वती शर्मा, नेपाल पत्रकार महाँसंघका अध्यक्ष बालकुमार शर्मा, नेपाल बार एसोशियसनको तर्फबाट अधिबक्ता सहदेव जंग शाह, एम्नेष्टी ईन्टरनेशनल जाजरकोटका अध्यक्ष खम्वजंग शाह, मानव अधिकार रक्षक संञ्जालका अध्यक्ष विजय नगरकोटी लगाएतको उपस्थिति रहेको थियो । 

बासुदेव शर्मा