मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
सुर्खेत । २०७७ पुस २ गते
इन्सेक मुगु जिल्ला प्रतिनिधि जीवन सेजुवालका अनुसार इन्सेक मुगुको आयोजनामा पुस १ गते सदरमुकाम गमगढीमा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । इन्सेक प्रतिनिधि जीवन सेजुवालले २०२० जनावरीदेखि डिसेम्बर १७ सम्म जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङघन र ज्यादतीका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । यस अवधिमा नागरिक तथा राजनितिक अधिकारसम्बन्धी १७, बहुविवाहका दुई गरी २२ वटा घटनाको समीक्षा गरिएको थियो । इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक पीडितहरूको सत्य दस्तावेज रहेकाले संकलन गरिएका घटना सत्य तथ्य हुनु पर्ने नागरिक समाजका अगुवा रूपबहादुर मल्लले बताउनु भयो ।
मानव अधिकार वर्ष पुस्तकमा समेटीने सबैखाले घट्ना सत्यतथ्यमुलक र ग्रामिण क्षेत्र सम्म पुगि घट्ना संकलन गरिनु पर्ने नेपाली काँग्रेस मुगुका प्रबक्ता लोकेन्द्र बहादुर शाहीले बताउनु भयो । कार्यक्रमका प्रमुख अथिती सहायक प्रमुख जिल्ला अधिकारी केशब ज्ञवालीले बर्ष पुस्तकले पिडित पक्षको न्यायकालागी राज्यलाई दवाव दिन सहयोग गरेको छ । राज्यलेपनी आफना नागरिकको मानवअधिकारको रक्षामा कटिबद्धता दखाउदै आएको छ बताउनु भयो ।
इन्सेक डोल्पा जिल्ला प्रतिनिधि विष्णुप्रसाद देवकोटाका अनुसार इन्सेक डोल्पाको आयोजनामा पुस १ गते सदरमुकाम दुनैमा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । इन्सेक प्रतिनिधि विष्णुप्रसाद देवकोटाले २०२० जनावरीदेखि डिसेम्बर १७ सम्म जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङघन र ज्यादतीका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । डोल्पामा यस अवधिमा ९ वटा घटना अभिलेख गरिएको जातीय विभेदका ३, घरेलुहिंसाका ४ वटा, बलात्कार प्रयास १ र गैरराज्य पक्षबाट धम्कीको १ रहेको छ । कार्यक्रममा त्रीपुरासुन्दरी नगरपालिकाका न्यायिक समिति सदस्य छक्क धरलाले इन्सेकले वर्ष पुस्तकमा उल्लेख गरिने विषय बस्तु सत्य तथ्य हुने उल्लेख गदै राज्य र गैर राज्य पक्षले गर्ने काम कारबाहिको निगरानी गर्नुपर्ने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि असई दिपक केसिले जिल्लामा बाल विवाह र बहु विवाह लागायतका घटनाहरू बढ्दो क्रममा रहेकाले यसको न्यूनीकरणमा राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र नागरिक समाजले सकारात्मक भूमिका खेल्नुपर्ने औंल्याउनुभयो । साथै इन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तकमा आत्महत्याका घटनालाइ पनि समावश गर्न सुझाउनुभयो । कार्यक्रममा विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि नागरिक समाज शिक्षक र शुरक्षाकर्मिहरूको उपस्थिती रहेको थियो ।
इन्सेक कर्णाली प्रदेश कार्यालय