मानव अधिकार वर्ष पुस्तक–२०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

मनाङ । २०७७ मङ्सिर २६ गते

 

अनौपचारिक क्षेत्र सवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार वर्ष पुस्तक २०२१ को लागि सङ्कलन गरी अभिलेख गरिएका घटनाहरुको पूर्व समीक्षा कार्यक्रम मनाङको नासो धारापानीमा सम्पन्न भएको छ । विगतका वर्षहरु झै वर्ष पुस्तक प्रकाशनको पूर्व तयारीका लागि गरिएको समीक्षा कार्यक्रममा जिल्लामा सबैतिर शान्त रहेको तथा कुनै प्रकारको अमानविय घटना नघटेको कार्यक्रमका प्रमुख अतिथि नासो गाउँपालिका उपाध्यक्ष कमलमाया गुरुङले बताउनुभयो ।

यो वर्ष कुनै पनि मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु नघटेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कमलबहादुर मजाकोटीले बताउनुभयो । उहाँले जिल्लामा कुनै पनि मानव अधिकार उल्लङ्घनका घटना घट्न नदिन प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो ।जिल्लाका समाजसेवी, मानव अधिकारकर्मी थोतेन लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण इन्सेक प्रतिनिधि दलबहादुर मजाकोटीले गर्नुभएको थियो ।

दलबहादुर मजाकोटी