मानव अधिकार संरक्षणका लागि कार्ययोजना तयार

कालिकोट । २०७७ असोज १६ गते

 

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार संरक्षणका लागि इन्सेक कालिकोटद्वारा खाँडाचक्र नगरपालिकामा गठित मानव अधिकार समूहले वार्षीक कार्ययोजना तयार गरेको छ ।

मानव अधिकार समूहले असोज १६ गतेको बैठकले समस्या पहिचान तथा कार्य योजना निमार्ण निमार्ण गरेको हो ।

इन्सेक कालिकोट जिल्ला प्रतिनिधिको सहजिकरणमा तयार पारिएको कार्ययोजनामा क्वारेन्टाइन रहेका विद्यालयमा भएको भौतिक क्षति, जिल्ला अस्पताल तथा स्थानीय स्वास्थ्य सँस्थामा देखिएको उपकरण अभाव लगाएतका समस्याहरुलाई समावेश गरिएको छ ।

नगरपालिका क्षेत्र भित्र शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्वन्धि सवाल पहिचान गरि कार्यायोजना निमार्ण गरिएको र सोही अनुसार कार्यान्वयन गर्ने मानव अधिकार समूहका अध्यक्ष अविसरा अधिकारीले बताउनु भयो ।

कालीबहादुर मल्ल