मानव अधिकार सञ्जाल गठन
रुकुम (पश्चिम) । २०७७ चैत २३ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित मानव अधिकार रक्षकहरुको सबलीकरण कार्यक्रम अन्तरगत चैत २१ गते जिल्ला स्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको छ । जिल्ला बार इकाइका निवर्तमान अध्यक्ष अधिवक्ता एक्कबहादुर पाण्डेको संयोजकत्वमा १३ सदस्यीय सञ्जाल पुनर्गठन गरिएको हो । यसअघि जिल्लामा रहेको ७ सदस्यीय सञ्जाललाई विस्तार गरी १३ सदस्यीय बनाइएको छ ।
सदस्यमा गैसस महासंघका अध्यक्ष नारायणकुमार शाह, हरप्लेसका अध्यक्ष सुनिता विएम, महिला मानव अधिकार रक्षक सञ्जालको तर्फबाट ब्यूँझना पुन, अन्तरपार्टी महिला सञ्जालबाट सीता ओली, पत्रकार महासंघका सचिव हरि गौतम, अपाङ्ग महासंघका गणेश बहादुर केसी, जिल्ला बार इकाइका सचिव अधिवक्ता रचना मल्ल, बाल अधिकार सञ्जालका नरबहादुर नेपाली, दलित पत्रकार मञ्चका प्रविर ददेल, पत्रकार अमरराज पुन, आवाज संस्थाका प्रतिनिधि निशा रावल र सदस्य सचिवमा इन्सेक प्रतिनिधि मनिषा केसी रहनुभएको छ ।सञ्जाल निर्माण कार्यक्रममा बोल्दै सहभागीहरूले मानव अधिकारका सवालमा सक्रिय पैरवी गर्नुपर्नेमा जोड दिएका छन् । नवगठित सञ्जालको बारेमा जिल्लाका सरोकारवालाहरूलाई जानकारी दिने र मानव अधिकारका सवाल पहिचान गरी मासिक रूपमा नियमित बैठक बस्ने र पैरवी गर्ने निर्णय समेत गरिएको छ । कार्यक्रममा जिल्ला स्थित मानव अधिकार रक्षक तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।
मनिषा केसी