मानव अधिकार समुहले नगरप्रमुखलाई ध्यानाकर्षण–पत्र बुझायो !

कैलाली । २०८० कात्तिक १३ गते

शिक्षा, स्वाथ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी समस्याहरु समाधान गर्नु पर्ने मागराखि घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समूहले ०८० कात्तिक १२ गते घोडाघोडी नगरपालिकाका प्रमुख खडकबहादुर रावतलाई ध्यानाकर्षण–पत्र बुझाएको छ । स्थानीय सरकार सञ्चलन ऐन तथा पाँचौ राष्ट्रिय कार्ययोजना अनुरुप जनताका आधारभूत आवश्यकता परिपुर्ति गर्ने दायित्व स्थानीय सरकारको पनि भएकोले पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन गराउने उद्देश्यले नगरप्रमुख रावतलाई ध्यानाकर्षण–पत्र बुझाइएको हो ।

       

ध्यानाकर्षण–पत्रमा अनिवार्य, निःशुल्क, सुरक्षित र गुणस्तरीय प्राविधिक शिक्षा लागु गर्नु पर्ने, नेपाल सरकारबाट उपलब्ध गराइने सबै प्रकारको औषधी निःशुल्क वितरण गर्नु पर्ने, वातावरण संरक्षणमा नगरपालिकाले नीति बनाएर कार्यान्वयन गर्नु पर्ने र समाजमा व्याप्त जातीय विभेद तथा छुवाछुत, लैङ्गिक हिंसालगायतका समस्यालाई समाधान गर्न नीति तथा कानुन बनाएर लागु गर्नु पर्ने ज्ञापन–पत्रमा उल्लेख गरिएको छ । घोडाघोडी नगरपालिकाका प्रमुख खडकबहादुर रावतले मानव अधिकार समूहले विगतका वर्षदेखि मानव अधिकारका क्षेत्रमा काम गर्दै आइरहेकाले मानव अधिकार समूहलाई धन्यवाद दिदै जनताको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनु भयो । मानव अधिकार समूहका अध्यक्ष साबित्रा आचार्य, इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयका संयोजक खडकराज जोशीलगायतको टोलीले नगरप्रमुख रावतलाई ज्ञापन–पत्र बुझाउनु भएको थियो ।

 

मैनामोती चौधरी