मानव अधिकार समूहको माग बमोजिम आयुर्वेद स्वास्थ्य केन्द्रको स्थापना

सुनसरी । २०७० असार १ गते

इन्सेकको “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवारी निकायलाई जबाफदेही बनाउने”इएलपी परियोजना अन्तर्गत कोशी गाउँपालिकमा गठित मानव अधिकार समूहको माग बमोजिम नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन जेठ ३१ गते गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गरेको हो । नागरिकलाई स्वास्थ्य राख्नका लागि सचेतना, परामर्श र आयुर्वेद स्वास्थ्य सेवा तथा औषधि उपचारसहित नागरिक आरोग्य सेवा केन्द्रको कोशी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीले उद्घाटन गर्नु भएको हो । इन्सेक सुनसरीको आयोजना र कोशी गाउँपालिकाको संयोजन तथा मानव अधिकार समूहको सहकार्यमा भएको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको कार्यक्रममा प्रस्तुत गरिएको माग दाबी बमोजिम कोशीमा गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गरिएको गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीले बताउनु भयो ।

कोशी गाउँपालिका–१ लौकहीको कृषि भवनमा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन अध्यक्ष अन्सारीले पहिलो सेवाग्राही पूर्जी काटेर त्रिफला चूर्ण लिइ उद्घाटन गर्नु भएको थियो । नागरिक आरोग्य सेवा केन्द्रले कोशी गाउँपालिकाका नागरिकले स्वास्थ्य सेवा पाउने र खर्चिलो उपचार भन्दा आयुर्वेद सेवा निशुल्क पाउने व्यवस्था गरेको अध्यक्ष अन्सारीको भनाइ छ । मानव अधिकार समूहले ०७७ मङ्सिर ८ गते गाउँपालिका अध्यक्षलाई अन्सारीलाई शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारलगायतका सवालमा १० बुँदे ज्ञापनपत्र बुझाएर माग दाबी गरिएको समूह अध्यक्ष सुनिता उरावले बताउनु भयो । गााउँपालिकामा ‘नागरिक आरोग्य सेवा केन्द्र’ स्थापना गरिएकाले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पुग्न नसक्ने नागरिकले पनि गाउँमै सेवा पाउने भएको मानव अधिकार समूह कोशी अध्यक्ष सुनिता उरावको भनाइ छ । गरिक आरोग्य सेवा केन्द्रमा निशुल्क पञ्चकर्म सेवा, योग सेवा, सामान्य उपचार, स्वस्थ्य जीवन कसरी बाँच्ने उपाय, सुत्केरीहरूको लागि दूग्धवर्दक औषधि, ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्यवद्र्धक औषधि वितरण हुने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सूर्य नारायण मेहताले बताउनु भएको छ ।

जयकृष्ण यादव