मानव अधिकार समूहद्वारा नगर प्रमुखलाई अवधारणा पत्र हस्तान्तरण
सप्तरी । २०८० असार २६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा डाक्नेश्वरी नगरपालिकामा गठित नगरस्तरीय मानवअधिकार समूहले मानवअधिकार मैत्री समाज निर्माणका लागी तर्जुमा गरेको अवधारणा पत्र नगर प्रमुख रामलखन मलाहालाई असार २५ गते हस्तान्तरण गर्नुभयो । मानव अधिकारका सवालहरू (वातावरणीय अधिकार, शिक्षा, स्वास्थ्य, विभेद र सामाजिक कुसस्कार) सम्वोधन गर्दै मानव अधिकार मैत्री समाज निर्माण गर्न तर्जुमागरिएको अवधारणा पत्रमानवअधिकार समूहकाअध्यक्ष चिन्तामणि चौधरीले नगर प्रमुखमलाहालाई हस्तान्तरण गर्नुभएको हो । नगरपालिका क्षेत्रमा देखिएका मानव अधिकारका सवालहरू सम्वोधन गर्न सोही अनुसारको कार्यक्रम सञ्चालनको माग राखि अवधारणा–पत्र बुझाइएको समूहका अध्यक्ष चौधरीले बताउनु भयो । अवधारणा पत्र मामान वअधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउने, शिक्षा, स्वास्थ्य, वातावरण र विभेद विरुद्धका अधिकारहरूको संरक्षण र सम्वद्र्धन गर्ने, प्रत्येक वडामा मानव अधिकार शिक्षा सम्बन्धी जनचेतनामा अभिवृद्धि गर्ने, बालविवाह, बालश्रम, बालयौन दुव्र्यवहार, बालजन्य हिंसा, दाइजो प्रथा, बोक्सी प्रथा र जातीय विभेद जस्ता सामाजिक विकृतिहरूमा कमील्याउने उद्देश्य समेटिएको छ । नगरपालिकालाई मानव अधिकार प्रति जिम्मेवार बनाउन मानव अधिकार समूहले समय–समयमा ध्यानाकर्षण गर्दै आइरहेको अध्यक्ष चौधरीले बताउनु भयो ।
मानव अधिकार शिक्षा कार्यक्रम संयोजक बरुण बस्यालले नागरिकको आधारभूत आवश्यक्ता परिपुर्ति गर्ने राज्यको जिम्मेवारी रहेकाले स्थानीय तह मानव अधिकार प्रति जवाफदेही बन्नुपर्ने र मानव अधिकारमैत्री समाज निर्माणका लागि कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताउनु भयो । अवधारणा पत्र हस्तान्तरण कार्यक्रममा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेल, नगरपालिकाको कार्यपालिकाका सदस्यहरू, विभिन्न शाखाका प्रमुखहरू, मानवअधिकार समूह र बाल अधिकार सचेतना समूहका पदाधिकारीहरूको सहभागिता रहेको थियो । अवधारणा–पत्रबुझ्नु हुँदै नगर प्रमुख मलाहाले मान वअधिकार संरक्षणका लागि आफू गम्भिर रहेकाले समाधानका लागि कार्यपालिकामा गम्भिर छलफल गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो । आपसी समन्वयमा नगरपालिका भित्र शिक्षा, स्वास्थ्य, वातावरण र विभेद विरुद्धका अधिकारहरूसँग केन्द्रित अभियान र कार्यक्रमहरू सञ्चालन गरिने उहाँले विश्वास दिलाउनु भयो ।
मनोहरकुमार पोखरेल