मानव अधिकार समूहद्वारा बटेश्वर गाउँपालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र
धनुषा । २०८० कात्तिक १७ गते
मानव अधिकार समूहले शिक्षा, स्वाथ्य, वातावरण र लैङ्गिक समस्याहरु समाधान गर्नु पर्ने माग राख्दै बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महत्तोलाई ०८० कात्तिक १५ गते ध्यानाकर्षण–पत्र बुझाएको छ । स्थानीय सरकार सञ्चालन ऐन तथा पाँचौ राष्ट्रिय कार्ययोजना अनुरुप जनताका आधारभूत आवश्यकता परिपुर्ति गर्ने दायित्व स्थानीय सरकारको पनि भएकोले पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन गराउने उद्देश्यले गाउँपालिका अध्यक्ष महत्तोलाई ध्यानाकर्षण–पत्र बुझाइएको हो । शिक्षा तर्फ: सबै विद्यार्थीलाई विद्यालय समयमा नियमित उपस्थिती गराउने, विद्यालयहरूमा शिक्षक दरबन्दी अनुसार शिक्षकहरूको व्यवस्थापन गर्ने, करारमा कार्यरत शिक्षकहरूको पारिश्रमिक भुक्तानीको वातावरण मिलाउन, विद्यालयमा अनुगमनलाई नियमित गर्ने, स्वास्थ्य चौकी र स्वास्थ्य संस्थाहरूमा नागरिक वडापत्र राख्नुपर्ने, स्वास्थ्य संस्थाहरूमा उचित सरसफाइ, शुद्ध खानेपानी र पर्याप्त कर्मचारीको व्यवस्था हुनुपर्ने, विद्यालयहरूका शौचालयहरू सफा र व्यवस्थित गर्नुपर्ने, छात्रा विद्यार्थीहरूको सेनेटरी प्याड बदल्ने छुट्टै कक्ष र डस्टबिनको व्यवस्थापन हुनुपर्ने ।
बाताबरण तर्फ: अत्याधिक नदि दोहनको समस्यामा निगरानी बढाउनु पर्ने, प्लास्टिकको प्रयोगमा कमी ल्याउने कार्यक्रम संचालन गर्नुपर्ने, छुट्टै वातावरण शाखाको व्यवस्था हुनुपर्ने । हिंसा र विभेद विरुद्ध तर्फ: कटानि टोलको दलित समुदाय बस्तिमा जातीय विभेदको समस्या समाधान गर्नुपर्ने, जातीय छुवाछुत र महिला हिंसा विरुद्धका अभियान र कार्यक्रमहरू संचालन गर्नुपर्ने । साथै ०८० वैशाख १२ गते गरिएका मागदाबीहरूको कार्यान्वयनका लागि पुन स्मरण गराउदै छौ र समस्यालाई समाधान गर्न नीति तथा कानुन बनाएर लागु गर्नु पर्ने ज्ञापन–पत्रमा उल्लेख गरिएको छ। बटेश्वार गाउँपालिकाका अध्यक्ष रामअशिष महत्तोले भन्नु भयो, हामी अनुगमन गरि रहेका छौ, र बटेश्वर गाउँपालिकाका मानव अधिकार समुहले यस कुरामा ध्यानाकर्षण गराउनु भएकोमा धेरै खुशी र ज्ञापन पत्रमा उल्लेख गरिएका बुँदाहरुलाई नीति तथा कानुन बनाएर लागु गर्नु पर्ने बताउनु भयो । मानव अधिकार समूहले विगतका वर्षदेखि मानव अधिकारको क्षेत्रमा काम गर्दै आइरहेकोले मानव अधिकार समूहलाई धन्यवाद दिदै जनताको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनु भयो । मानव अधिकार समूहका अध्यक्ष सुरज महत्तो र सरोज कुमार महत्तो, इन्सेक धनुषा जिल्ला सहजकर्ता शिवजी परियार लगायतको समूहले बटेश्वार गाउँपालिकका अध्यक्ष रामअशिष महतोलाई ज्ञापन–पत्र हस्तान्तरण गर्नु भएको छ ।
सन्तोष कुमार यादव