मानव अधिकार समूहद्वारा वडा अध्यक्षलाई ध्यानाकर्षण पत्र
धनुषा । २०८० चैत २२ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयद्वारा मिथिला नगरपालिकामा गठित नगर स्तरीय मानव अधिकार समूहले ०८० चैत १८ गते मिथिला नगरपालिका–९ का वडा अध्यक्ष दिपकजंग थापालाई ध्यानाकर्षण–पत्र बुझाएको छ । स्थानीय सरकार सञ्चलन ऐन तथा पाँचौ राष्ट्रिय कार्ययोजना अनुरुप जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्ने दायित्व स्थानीय सरकारको पनि भएकोले पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन गराउने उद्देश्यले मिथिला नगरपालिका–९ का वडाका अध्यक्ष थापालाई ध्यानाकर्षण–पत्र बुझाएको मानव अधिकार समूहका अध्यक्ष मोहन कुमार महतोले बताउनु भयो ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन इन्सेकले धनुषाको मिथिला नगरपालिकामा मानव शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र मानिसका अधिकारहरुलाई व्यक्तिहरूको पहुँचसम्म पुर्याउन वडा स्तरीय मानव अधिकार समूह गठन गर्नुपर्ने भएकोले सो को लागि सहज वातावरण निर्माण गरिदिनुहुन नगर स्तरीय मानव अधिकार समूहले ध्यानाकर्षण पत्र मार्फत अनुरोध समेत गरेका छन् । त्यस्तै, मिथिला नगरपालिका वडा नं ९ का अध्यक्ष दिपकजंग थापाले मानव अधिकार समूहलाई धन्यवाद दिनुहुँदै ज्ञापन पत्र मार्फत उक्त समूहले गरेका मागहरू जति सक्दो चाँडै पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । मदेस प्रदेश मानव अधिकार समूहका सदस्य अनिता परियार, मानव अधिकार समूहका अध्यक्ष मोहन कुमार महतो, इन्सेक धनुषा जिल्ला सहजकर्ता शिवजी परियार लगायतको टोलीले मिथिला नगरपालिका–९ का वडा अध्यक्ष दिपकजंग थापालाई ज्ञापन–पत्र बुझाउनु भयो ।
सन्तोष कुमार यादव