मानव अधिकार समूहद्वारा शिक्षा, स्वास्थ्य, खाद्य, र आवास क्षेत्रमा रहेका समस्या पहिचान

दाङ । २०७८ भदौ २३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजना तथा मानव अधिकार समूह घोराहीको समन्वयमा शिक्षा, स्वास्थ्य, खाद्य, र आवास क्षेत्रमा रहेका समस्या पहिचान कार्यक्रम भदौ २१ गते घोराहीमा सम्पन्न भएको छ । मानव अधिकार समूह र सरोकारवाहरूबिचको समस्या पहिचान कार्यक्रममा स्थानीय स्तरमा रहेका विभिन्न समस्याहरूको पहिचान गरी समाधान गर्ने निर्णय गरेका छन् । विद्यार्थीहरूलाई कोभिड विरूद्धको खोप उपलव्ध गराउनु पर्ने, अनलाइन कक्षाको नाममा शुल्क असुल्ने कार्यलाई व्यवस्थित गरिनुपर्ने, सवै स्वास्थ्य केन्द्रहरूमा ३५ प्रकारका औषधि निःशुल्क उपलव्ध गराउनु पर्ने, सिकलसेल एनिमिया रोगको प्रारम्भिक परीक्षणलाई सहज बनाउनु पर्ने विषयलाई समाधान गर्न मानव अधिकार समूहले पहल गर्नु पर्ने निर्णय भएको जिल्ला सहजकर्ता विनोद केसीले बताउनु भयो ।

यसैगरी कृषि प्राविधिकको व्यवस्था गर्नुपर्ने, मल, विँउको उचित व्यवस्थापन र वास्तविक किसानको छनौट गर्नुपर्ने माग गरिएको छ । भूमिहिन, सुकुम्वासी, दलित, किसानहरूलाई भूमि र आवासको व्यवस्था गर्न पहल गर्ने समेत निर्णय भएको मानव अधिकार समूह घोराहीका सचिव प्रकाशचन्द्र अधिकारीले बताउनु भयो । कार्यक्रममा घोराही उप–महानगरपालिका शिक्षा शाखाका नारायण पौडेल, स्वास्थ्य शाखाका नारायण घर्ती, पत्रकार निमुसंगम घर्ती लगायतले बोल्नु भएको थियो ।

जयनारायण पुन