मानव अधिकार समूहसँगको बैठक सम्पन्न
बाँके । २०८० चैत २३ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत खजुरा गाउँपालिका स्तरीय मानव अधिकार समूहसँग छलफल बैठक ०८० चैत २१ गते खजुरामा सम्पन्न भएको छ । मानव अधिकार समूह, खजुरा गाउँपालिका स्तरीय समूहले आफ्नो क्षेत्रमा भएका मानव अधिकारको विषयमा समीक्षा गर्दै मानव अधिकार समूहको अभिभावक तथा अति विपन्न बालबालिकाहरूको तथ्याङ्क सङ्कलन वैशाख महिना भित्र गर्ने, किरण नाला फोहोर व्यवस्थापनका र बरमेली टोलमा खानेपानीको व्यवस्था विषयमा खजुरा गाउँपालिकामा गरिएको मानव अधिकार समूह अध्यक्ष कोशकि यादवले बताउनु भयो ।
उहाँले डेलिगेसन बारे पुनः गाउँपालिकामा सम्बन्धित निकायसँग भेटघाट गर्ने कार्ययोजना बनाएको उल्लेख गर्नुभयो । इन्सेक कार्यक्रम अधिकृत सरस्वती मल्लाले खजुरा गाउँपालिकाको मानव अधिकार समूहले राम्रो निर्णय गरेको बताउनु भयो । उहाँले यसलाई प्रभावकारी कार्यान्वयन तथा व्यवस्थापन गरी दिगोपनाका लागि योजना हुनुपर्ने सुझाव दिनुभयो ।
ध्रुबराज शर्मा