
मानव अधिकार समूह र स्थानीय सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न
मकवानपुर । २०७९ चैत १ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा मकवानपुरको मनहरी गाउँपालिकामा गठन भएको मानव आधिकार समूहका सदस्य र सरोकारवालाहरूको लागि सञ्चालन भएको दुई दिने क्षमता अभिवृद्धि तालिम मनहरी एफ एमको सभाहलमा ०७९ फागुन ३० गते सम्पन्न भयो । कार्यक्रममा सभाअध्यक्ष लगाएत प्रमुख अतिथि र विभिन्न अतिथिहरूले सुभकामना सहितको आआफ्नो मन्तव्य राख्नुभएका थियो । मौलिक अधिकार हाम्रो उच्चकोटिको अधिकार हो अधिकारमा हाम्रो शिक्षा, स्वस्थ्य, खाद्यन्न र वातावरण आदि अधिकारहरू पर्ने कुरा मानव अधिकार समूहका संयोजक तथा कार्याक्रमको अध्यक्षयता ग्रहण गर्नुभएका विमला गोपालीले बताउनु भयो । कार्यक्रमहरू व्यवहारिक रुपमा सञ्चालन गर्नुपर्ने र जान्ने बुझ्ने मानिस भन्दा यस्ता र्कायक्रममा निम्न स्तर भएका मानिसहरूलाई समेट्न सके लक्षित वर्गको केही हदसम्म उत्थान हुने मनहरी गाउँपालिकाका उपाध्यक्ष सिता पुलामी मगरले व्यक्त गर्नुभयो । पालिकाले नीति नीयम बनाउँदा महिला, बालबालिका, अल्पसङ्ख्यक जनजाति आदिलाई समेटेर बनाउनु पर्ने र भौतिक विकासलाई भन्दा चेतनाको विकासलाई विकासको रुपमा हेर्नुपर्ने इन्सेक बागमती प्रदेश कार्यालयका संयोजक गणेश भण्डारीले बताउनु भयो ।
जनताका लागि आएका सुविधा जनताले नै प्राप्त गरुन् भन्ने इन्सेकको उदेस्य भएको र आथिर्क, सामाजिक र संस्कृतिक अधिकारका बारेमा हामी सबै सजग हुनुपर्ने संयोजक भण्डारीले जानकारी दिनुभयो । भौतिक विकासलाई मात्र विकास नमानि जनचेतनालाई पनि विकासका रुपमा र्हेनुपर्ने र त्यसको लागि पालिका स्तरमा कानुन बनाउँदा शिक्षा, स्वस्थ्य र वातावरणलाई प्राथमिकतामा राखेर गर्नुपर्ने मनहरी गाउँपलिका वडा नं. ७ का कार्यबाहक वडा अध्यक्ष नवराज सुबेदीले भन्नुभयो । मानव अधिकार समूहका सदस्य गोबिन्द पौडेलले अधिकार खर्च हो भने कर्तव्य आम्दानि हो त्यसैले कर्तव्य बढाएर मात्र अधिकार बढाउन सकिन्छ भन्ने कुरा व्यक्त गर्नुभयो । मनहरीमा कति धेरै बालबिवाह हुन्छ तर त्यस्को कानुनी सजाय अहिलेसम्म नभएको र यसको लागि मानव अधिकार समूहले सजाय गर्न पहल गर्ने रेडियो मनहरीका प्रबन्ध निर्देशक शिवकुमार रिजालले भन्नुभयो । हरेक समुदाय नेतृत्वकर्ताको आधारमा अगाडि बढ्छ त्यसैले नेतृत्व गर्ने व्यक्ति आशा जगाउने खालको हुनुपर्ने बागमती प्रदेश बालकल्याण समाजका सदस्य प्रकाश खतिवडाले बताउने भयो । त्यस्तै मानव अधिकार भनेको स्वतन्त्रता समानता र न्यायको सङ्घम स्थान भएको र लोकतान्त्रिक शासन पद्धतिमा राज्यलाई मानव अधिकारको संरक्षक मानिने तर सर्वसाधारण जन्ताहरूले त्यसको अनुभूति गर्न नपाएको इन्सेक बागमती प्रदेश कार्यालयका कार्यक्रम अधिकृत बालुका न्यौपानेले व्यक्त गनुभयो ।
इन्सेक बागमती प्रदेश कार्यलय, हेटौँडा