मानव अधिकार समूह र स्थानीय सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु
मकवानपुर । २०७९ चैत १४ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा चितवनको ईच्छाकामना गाउँपालिकामा गठन भएको मानव आधिकार समूहका सदस्य र सरोकारवालाहरूको लागि सञ्चालन भएको दुई दिने क्षमता अभिवृद्धि तालिम ईच्छाकामना गाउँपालिका-४ कुरिनटारमा ०७९ चैत १३ गते सुरु भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भूसालले मानवअधिकारको सवालमा प्रदान गरिने दुई दिने क्षमता अभिवृद्धि तालिममार्फत मानव अधिकारको क्षेत्रमा पालिकामा गर्न सक्ने कार्यक्रम र योजनाको रुपरेखा तयार गरि प्रतिवेदन तयार गरि पालिकालाई हस्तान्तरण गर्न आग्रह गर्नुभयो ।
तालिमको उदघाटन सत्रमा इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले मानव अधिकारको हकलाई सम्बोधन गराउने उद्धेश्यले स्थापना भएको स्मरण गर्दै अहिले शिक्षा, स्वास्थ्य, जातीय विभेद न्युनिकरण तथा वातावरणीय क्षेत्र, खाद्य र अधिकारको साथै मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको अभिलेखिकरण गर्दै आएको बताउनुभयो । यस पालिकामा शिक्षा क्षेत्रमा देखिएको समस्या, विद्यालयमा विषयगत शिक्षक अभाव लगायतको क्षेत्रमा मानव अधिकार समूह र सरोकारवालाहरूको ध्यानाकर्षण भई समस्या समाधान तर्फ पालिका अग्रसर हुनुपर्नेमा भण्डारीले जोड दिनुभयो । यस कार्यक्रमको उदेश्य महिला, बालबालिका, दलित तथा पिछडिएका अन्य अल्पसङ्ख्यक र जोखिममा परेका सममुदायको आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको संरक्षण गरी शिक्षा, स्वस्थ्य र वातावरणको अधिकारको विषयमा कानुनी प्रावधानहरूको पहुँचमा वृद्धि गर्नुपर्ने न्यौपानेले बताउनु भयो ।
इन्सेक बागमती प्रदेश कार्यलय, हेटौँडा