मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन विषयमा छलफल

सुर्खेत । २०८० असार ३१ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश र जिल्ला समन्वय समिति सुर्खेतको संयुक्त आयोजनामा वीरेन्द्रनरमा असार ३१ गते मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्यायोजना कार्यान्वयवन विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजनाको पृष्ठभूमि, प्रमुख उद्देश्य तथा समेटिएका विषयहरूको बारेमा मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख लोकनाथ बास्तोलाले गर्नुभएको थियो । यो कार्ययोजना कार्यान्वयमा सबैको जिम्मेवारी छ त्यसैले सबै निकाय लाग्नु पर्ने उहाँले बताउनु भयो । यसै गरी सुर्खेत जिल्लाको मानव अधिकारको अवस्थाबारेमा इन्सेकका प्रदेश संयोजक नारायण सुवेदीले प्रस्तुत गर्नुभएको थियो । मानव अधिकार पाँचौ राष्ट्रिय कार्ययोजनाको कार्यान्वयका लागि सहजीकरण तथा सहयोग गर्न तयार रहेको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले मानव अधिकार पाँचौ राष्ट्रिय कार्ययोजना नेपाल सरकारको योजना हो र यस योजनाको कार्यान्वयनमा सबैले मिलेर लाग्नु पर्नेमा जोडदिनु भयो ।  कानुनले तोके अनुसारको काम कर्मचारी तथा जनप्रतिनिधिले गर्नैपर्ने उहाँले बताउनु भयो । यसैगरी मानव अधिकारको सवालमा पनि प्रहरी तथा प्रशासन सजक रहेको र कही कतै मानव अधिकार उल्लङ्घन घटना भए जानकारी आएमा कारबाही गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारले मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना स्थानीय तहमा गठन भएको तर कुनै पनि स्थानीय तहले प्रगति प्रतिवेदन पेश नगरेको जानकारी दिनु भयो । प्रगति प्रतिवेदन समयमा नआँउदा समस्या भएको बताउनु भयो । मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यन्वयन भए नभएको विषयमा ताकेता गर्ने र यस विषयमा इन्सेक र मानव अधिकार आयोगसँगको सहकार्यमा अनुगमन कार्यलाई अगाडि बढाउने जिल्ला समन्वय समितिले निर्णय गरेको निमित्त जिल्ला समन्वय अधिकारी मेघनाथ सापकोटाले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका एसपी योगेन्द्र सिंह थापाले मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजनामा समेटिएका कार्यहरु भइरहेको तर यसलाई अनुगमन तथा प्रतिवेदन गर्ने काम नभएको बताउनु भयो । कार्ययोजना कार्यान्वयनमा समन्वयको खाँचो रहेको उहाँले जोड दिनु भयो । शिक्षा विकास तथा समन्वय इकाईका प्रतिनिधि महेशदत्त देवकोटाले मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना स्थानीय तहमा सहजीकरणको कमी रहेको सुझाव दिनुभयो । यसैगरी, गैर सरकारी संस्था महासङ्घ सुर्खेतका अध्यक्ष प्रकाश सारुले स्थानीय तहमा पाँचौ राष्ट्रिय कार्ययोजनाको बजेट नभएकाले कार्यान्वयमा समस्या भएको बताउनु भयो । नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा स्थानीय तहको कम चाँसो रहेको आरोप लगाउनु भयो । कार्यान्वयनलाई योजना बनाएर लाग्नु पर्नैमा उहाँले जोड दिनुभयो । यसै गरी कार्यक्रममा सिम्ता गाउँपालिकाका उपाध्यक्ष गोमा शर्मा रेग्मी र पञ्चपुरी नगरपालिका प्रतिनिधि पवित्रा गौतमले मानव अधिकार पाँचौ राष्ट्रिय कार्ययोजना गठन भइसकेको र बैठक समेत भएको जानकारी दिनु भयो । बैठकमा छलफल गरेका सवाल तथा कार्यप्रगति पेश गर्न नसकिएको बताउनु भयो । चिङगाड गाउँपालिका अध्यक्ष बोध विक्रम जिसीले अहिलेसम्म मानव अधिकार पाँचौ राष्ट्रिय कार्ययोजनाका विषयमा जानकारीमा आएको तर गठन नभएको जानकारी गराउनु भयो । यसैगरी यो काम कसले गर्ने कसरी गर्नेमा अन्योल रहेको उहाँले बताउनु भयो ।

इन्सेक कर्णाली प्रदेश कार्यालय, सर्खेत