मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
बाँके । २०८१ वैशाख ७ गते
इन्सेक लुम्बिनी प्रदेशको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक वैशाख ७ गते नेपालगञ्जमा सम्पन्न भएको छ । इन्सेकले गर्दै आएको प्राविधिक सहयोग र आगामी दिनमा पीडितलाई सहयोग गर्न सकिने अवस्था रहेको इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले बताउनु भयो । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै पीडितलाई सहयोग गर्ने संस्थाहरूसँग अझै समन्वय गरी मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनालाई न्यूनीकरणका लागि आफूहरू लाग्ने संयोजक महतले उल्लेख गर्नुभयो । लुम्बिनी प्रदेशले रोल्पामा तीन जना, रुकुम पूर्वमा एक जना, बाँकेमा दुई जना, बर्दियामा दुई जना, अर्घाखाँचीमा तीन जना, रुपन्देहीमा दुई जना, कपिलबस्तुमा दुई जना गरी जम्मा १७ जनालाई सहयोग गरेको छ । उक्त बैठकमा मुश्लिम समुदायका एकल महिला विवाह दर्ता गर्नबाट वञ्चित भएकाले सामाजिक सुरक्षा एकल महिला भत्ता र बैँकमा खाता सञ्चालन गर्न नपाएकोले पटक पटकको प्रयास, आर्थिक तथा प्राविधिक सहयोगले विवाह दर्ता बनाई एकल महिला भत्ताका लागि बैँकमा खाता सञ्चालन भई भत्ता पाउने भएको आइएचआरसीका अध्यक्ष अधिवक्ता विश्वजीत तिवारीले बताउनु भयो । सामाचार सङ्कलनको क्रममा पत्रकारहरूलाई थ्रेट आएको बेला इन्सेक लगायत मानव अधिकारकर्मीहरूले दिनुभएको ऐकबद्धता र समर्थन गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै समन्वय गर्ने नेपाल पत्रकार महासङ्घका सचिव कमल डाँगीले बताउनु भयो ।
धनगढीमा कार्यरत रहेको बेला इन्सेकका प्रतिनिधिहरू कार्यालयमा आउँदा यस्ता मानव अधिकार सहयता कक्षले गर्ने गरेको कामले मलाई झझल्को लाग्यो । सानो सहयोग भएतापनि निकै पीडितका लागि ठूलो काम गरेको सफलताको कथा सुन्दा मनै छोयो भन्दै मानव अधिकार आयोग, नेपालगन्ज शाखा कार्यालयका दयाराम पाठकले वास्तविक पीडितलाई सहायता कक्षले सहयोग गरीरहेको बताउनु भयो । इन्सेकले गर्दै आएको काम तथा प्रभावलाई बुझ्न र आफूहरूको भूमिका कहाँ र कसरी हुन सक्छ भन्दै आफ्ना जिज्ञासा मेटाउन आगामी बैठकमा अदालतका बैतानिक वकिल र बारलाई अनिवार्य उपस्थित गराई कानुनी सहयोगको दायरा बढाउनमा जोड दिने नेपालगञ्ज उच्चबार एशोशियसनका अध्यक्ष चित्र बहादुर शाहीले बताउनु भयो । मानव अधिकार सहायता कक्षको बैठकका सहभाागीहरूले मानव अधिकार उल्लङ्घनका घटनाहरू न्यायको पहुँचका लागि समन्वय तथा सहकार्य गर्न टेकनाथ आचार्यलाई सञ्चार तथा हेल्पडेस्क व्यस्थापनको लागि सिफासिर गरिएको र आगमी दिनमा सहयोग गरिएका पीडितको सफलताको कथा उपलब्धि बारेपनि अभिलेखीकरण गर्नु पर्नेमा जोड दिएका थिए ।
ध्रुबराज शर्मा