मानव बेचबिखनविरुद्ध सडक नाटक प्रदर्शन

सुर्खेत । २०८१ वैशाख २९ गते

इन्सेकद्वारा गठित श्री सूर्यप्रकाश सिर्जनशील बाल अधिकार समूहको आयोजनामा तथा पञ्चपुरी मानव अधिकार समूह, सूर्यप्रकाश माध्यमिक विद्यालय पञ्चपुरी –२ पलैटेको  समन्वयमा वैशाख २८ गते  मानव बेचबिखनविरूद्ध सडक नाटक प्रदर्शन गरिएको छ । समाजमा रहेको चेलीबेटी बेचबिखनलाई रोक्न र सचेतना जगाउनका लागि पञ्चपुरी नगरपालिका–२ पलैटे बजारमा सडक नाटक प्रदर्शन गरिएको हो ।

   

सडक नाटक प्रदर्शनमा भनाइ राख्दै सूर्यप्रकाश माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक खगेन्द्र प्रसाद अधिकारीले हाम्रो समाजमा धेरै किसिमका घटनाहरू दिनप्रति दिन बढ्दै गएको पाइन्छ त्यसमध्ये पनि  कहीँ कतै बालबालिकाहरू बेचबिखनमा परेको देखिन्छ । हामीले यसको रोकथाम गर्न जनताहरूमा सचेतना जगाउनु पर्ने बताउनु भयो । सडक नाटकमा करिब १ सय ५० जना भन्दाबढी बालबालिका, स्थानीय बासी, अभिभावक र शिक्षक, शिक्षिकाको उपस्थिति रहेको थियोे ।  नाटकमा विष्णु प्रसाद कँडेल, धर्मराज कँडेल, दिनेश पौडेल, निराजन आचार्य, ईश्वर पुरी, गरिमा कँडेल, बिमला बुढा, कृष्टी सापकोटा र दुर्गा चन्द लगायतका कलाकारहरुले प्रस्तुती गरेका थिए ।  सडक नाटकको सहजीकरण इन्सेकका जिल्ला सहजकर्ता ललिता विकले गर्नुभएको थियो ।

जगतदल जनाला